Aamsanchar

इष्ट होराइजन प्रथम बलभद्र कपको च्याम्पियन

Author Image
शुक्रवार, माघ २५, २०७५

मेचीनगर ।

इष्ट होराइजन मावि धुलावारी मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता (प्रथम बलभद्र कप) को च्याम्पियन बनेको छ ।

बलभद्र आधारभूत विद्यालयको आयोजनामा शुक्रवार सम्पन्न फाइनल खेलमा धुलावारी माविलाई टाइब्रेकरमा ४–३ को गोल अन्तरलेपछि पार्दै प्रथम बलभद्रक कपको च्याम्पियन बनेको हो । जीतसँगै होराइजनले नगद २५ हजार, च्याम्पियनसिप बोर्ड, ट्रफी, मेडर र प्रमाण पत्र पाएको छ ।

उपविजेता बनेको धुलावारीले नगद १५ हजार मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ । यसैगरी, तेस्रो भएको होलीबेल अंग्रेजी स्कुलले नगद ५ हजार नगद ट्रफी र प्रमाण पत्र पाएको छ । प्रथम पुरस्कारको नगद बहुवन सामुदायिक वन, दोस्रो पुरस्कारको नगद पाँचपोखरी सामुदाियक वन र तेस्रो पुरस्कार तेलपानी सामुदायिक वनले प्रायोजन गरेका थिए । खेलको निर्धातिर समयमा २–२ को बराबरी भएपछि थप गरिएको समयमा समेत गोल हुन नसकेपछि टाइब्रेकरमा होराइजनले बाजी मारेको थियो ।

प्रतियोगिताको उदयमान खेलाडी धुलावारी माविका युवराज खवास भए । उनले ओसेनिक बोडिङ स्कुलले प्रदान गरेको नगद २ हजार ट्रफी प्राप्त गरे । खेलको सर्वाेउत्कृष्ट खेलाडीको खम्बसिंह÷रुकमणि थापा अवार्ड इष्ट होराइजन माविका निरज कार्कीले प्राप्त गरे । उनले कमल थापाले प्रदान गरेको नगद २ हजार र ट्रफी प्राप्त गरे ।

यसैगरी रमेश क्षेत्री स्मृति अवार्डबाट उत्कृष्ट गोलरक्षक इष्ट होराइजनका विवेक खड्का, उत्कृष्ट डिफेन्स होलीबेल अंग्रेजी स्कुलका करण धिमाल, उत्कृष्ट मिडफिल्डर इष्ट होराइजनका अरुण मेचे, उत्कृष्ट स्टाइकरमा धुलावारी माविका चिन्टु महतो,, सर्बाधिक गोलकर्तामा पशुपति मावि आमडाँगीका निशान श्रेष्ठ, उत्कृष्ट कोचमा सामुदायिक तर्फ पशुपति माविका खेल शिक्षक गोकुल सुवेदी, उत्कृष्ट कोच निजीतर्फ होलीबेल अंग्रेजी स्कुलका खेल शिक्षक सुरज कार्की, फेयर प्ले टिम सामुदाियक विद्यालयतर्फ सरस्वती बालकल्याण धाइजन, फेयर प्ले टिम निजीतर्फ मेरीगोल्ड एजुकेशन फाउण्डेशनले ट्रफी तथा प्रमाण पत्र प्राप्त गरे । यी सबै अवार्ड हिमालयन इङ्लिस स्कुल मेचीनगर ९ का संस्थापक प्रिन्सिपल रमेश क्षेत्रीको स्मृतिमा वितरण गरिएको हो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई बहुवन सामुदायिक वनका अध्यक्ष भानु थापा, पाँचपोरी सामुदायिक वनका अध्यक्ष प्रदिप धिमाल, तेलपानी साुमदायिक वनका अध्यक्ष शेरबहादुर थापा, वडा अध्यक्ष हर्कबहादुर बस्नेत, वडा सदस्य छोटबहादुर राई, चन्द्रबहादुर बोहोरा, रीता थापा, डम्बरकुमार खाती, राजेन्द्र थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर दास, प्रधानाध्यापक तिलकबहादुर धिमाल, सहप्रधानाध्यापक हरिप्रसाद चापागाई, हिमालयन अंगे्रेजी स्कुलका प्रिन्सिपल उर्मिला क्षेत्री, होलीबेल अंग्रेजी स्कुलका प्रिन्सिपल अनु प्रधान लगायतले वितरण गरेको थिए ।

मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता तथा विद्यालयका अध्यक्ष चन्द्र दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा उप मेयर मिना उप्रेती, शिक्षक संगठन झापाका अध्यक्ष कृष्णप्रसाद अधिकारी, शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेल, पाँचपोखरी सामुदायिक वनका अध्यक्ष प्रदिप धिमाल, बहुवन सामुदायिक वनका अध्यक्ष भानु थापा, एन प्याव्सन झापाका अध्यक्ष सञ्जिव राई, स्रोत व्यक्तिद्धय लोकबहादुर दाहाल, दिपेन्द्र कन्दङ्वालगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक तिलबहादुर धिमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन खेल संयोजक देबु बानियाँ र शिक्षक निरज पोखरेलले सयुँक्त रुपमा गरेका थिए ।

माघ १३ गतेबाट सुरु भएको यस प्रतियोगितामा मेचीनगरका १९ वटा निजी र २२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर