सुरुङ्गा।
कनकाई खेलकुद प्रतिष्ठान (कासा) को आयोजनामा वडास्तरीय भलिबल र क्रिकेट शुरु भएको छ ।
एक कार्यक्रमका वीच झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हीराकुमार थापाले ब्यानर पढेर र क्रिकेटको ब्याटिङ गरेर खेलको उद्घाटन गरे ।
भलिबलमा ९ वटा टीम र क्रिकेटमा ८ वटा टीमको सहभागिता रहने क्रिकेट खेलका संयोजक विश्वविजय खरेलले जानकारी दिए । कासाका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेती (राजेश) को सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पाथीभरा परोपकार समाजका अध्यक्ष उषा उप्रेती, सुकेडाँगी वन समूहका अध्यक्ष भक्तबहादुर पौडेल, कनकाई नगरपालिकाका वार्ड नं. ३ का सदस्य युवराज चम्लागाई, समाजसेवी श्यामसुन्दर ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दुवै खेलमा प्रथम हुनेलाई १८ हजार र द्वितीय हुनेलाई १२ हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । दुवै तर्फको प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याचलाई नगद पुरस्कार समाजसेवी श्यामसुन्दर ओलीले प्रदान गर्ने सार्वजनिक घोषणा गरे ।
खेल सञ्चालन खर्चको मुख्य स्रोत कनकाई नगरपालिका रहेको बताइएको छ । भलिबल खेलका संयोजक बिनोद राना मगरले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव दिननाथ खतिवडाले सञ्चालन गरेका थिए ।