Aamsanchar

दुतावासको सक्रियतामा वैदेशिक रोजगारिमा ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउदै

Author Image
बुधवार, फागुन ८, २०७५

सुर्य खवास / युएई,

आम नेपालिकोलागी वैदेशिक रोजगार अब नौलो रहेन । आफ्नो परिवारको सुखद भविष्यको लागि परदेशिनेहरु सबैको भोगाई कहाँ सुखद रहन्छर र । त्यही सुखद भविष्य खोज्दै परदेशिएका कतिपयको परिवारकालागी कहिले भुल्न नसक्ने पीडा दिन्छ । वैदेशिक रोजगारमा ज्यान गुमाउनेका परिवारलाई पीडा त दिन्छनै अझ पाउनु पर्ने क्षतिपूर्ति समेत समयमा नपाउदा अझ पीडा थपिदिन्छ ।

वैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत रहदा विभिन्न समयमा ज्यान गुमाउन पुगेका नेपाली नागरिकहरुले पाउनुपर्ने क्षतिपूर्ति समयमा नै पाउन भन्ने विषयमा युएईकालागी नेपाली दुतावासले चसो देखाएको छ । पछिल्लो ३ महिना अर्थात मंसिर २०७५ देखि माघ मसान्त सम्म दुतावासको सक्रियतामा ३५ जनाको क्षतिपूर्ति सम्बन्धि मुद्धा अदालती प्रक्रियामा रहेको एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

ज्यान गुमाउनेका केही मुद्धाको प्रक्रिया पूरा भै क्षतिपूर्ति प्राप्त गरि नेपाल पठाइसकेको छ भने केहिको प्रक्रिया पुरा भै क्षतिपूर्ति प्राप्त गर्ने क्रममा रहेको छ । यसै गरि केहिको अदालती प्रक्रियामा रहेको जनाएको छ । दुतावासले दिएको जानकारि अनुसार पछिल्लो तीन महिनाको अवधिमा क्षतिपूर्ति वापतको रकम चार जनाको परिवारलाई नेपाल पठाई सकिएको छ भने दुई जनाको पठाउन बाँकी रहेको छ । यसैगरी चार जनाको प्रक्रिया पूरा भएपनी रकम प्राप्त भैनसकेको अवस्था छ । दुई जनाको ब्लडमनी अदालतमा जम्मा भैनसकेको कारण प्रकृया अगाडि बढन सकेको छैन भने केहीको अदालति प्रक्रिया शुरु भैसकेको छ ।

युएईमा ज्यान गुमाउने मध्ये पछिल्लो तीन महिनामा शहदेव यादव (धनुषा), टुक बहाफुर गुरुङ (लमजुङ) र विरबल अहिर (नवलपरासी) को जनही २ लाख दिराम र लक्ष्मी माया श्रेष्ठ (नवलपरासी) को १ लाख दिराम नेपाल पठाई सकिएको जानकारी दिएको छ । यसैगरी धनुषाका शंकर कुमार खपाङ्गी को फाईनल सेटलमेन्ट वापतको १७ हजार एक सय बीस दिराम प्राप्त गरेको बताएको छ, खपङ्गिको नेपालमै मृत्यु भैसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर