काठमाडौँ,
तेस्रो एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज भारतको कर्नाटक प्रस्थान गरेको छ ।
यही फागुन ९ देखि १२ गतेसम्म आयोजना उक्त हुने प्रतियोगितामा सहभागी हुने पुरुष टोलीमा मनोज बज्राचार्य, अभिषेक मानन्धर, आशय विसी, विशाल सापकोटा, हुमान गुरुङ, उज्ज्वल महर्जन, राहुल खत्री, राज श्रेष्ठ, अश्विन ओझा र विजय खनाल रहेका छन् ।
त्यसैगरी महिला टोलीमा आश्मा रायमाझी, पासाङ शेर्पा, सुनिता तामाङ, आस्था सिंह, विटिशा महर्जन, पूजा लामा, अब्जुसिंह महर्जन, प्रेसिका बोहरा, रिक्का ढकाल र अग्रिमा पोखरेल छन् ।
अफिसियलमा रोलबल सङ्घका अध्यक्ष वीरकृष्ण महर्जन, डिकेश प्रधान र चन्द्रकुमार महर्जन रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत खेलकूद विकास विभागका प्रमुख कुलबहादुर थापाले बिदाइ गर्नुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 171