अष्ट्रेलियामा विद्यार्थी पठाउने नेपाल तेस्रो देश हो । पहिलो चाइना, दोस्रो इण्डिया अनि तेस्रोमा नेपाल । अहिले करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् । एक हप्ता अगाडि अष्ट्रेलियाको अष्ट्रेलियन इन्टिचयुट अफ बिजिनेश एण्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा मात्रै जम्मा १२ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । अष्ट्रेलियाको ब्रिसबेन्ड र सिड्नीमा गरेर दुई ठाउँमा एआइबिटी कलेज छ ।
त्यहाँ नेपालबाट कति विद्यार्थी पढ्न गए त्यसको आधिकारिक रेकर्ड छैन । नेपालबाट करिब ७ सय ४३ जति विद्यार्थी नर्सिङ पढ्नलाई भनेर गएका छन् । तर विद्यार्थीहरु ७ सय नै नर्सिङ पढिरहेका छन् कि छैनन् त्यसको तथ्याङ्क अहिले आएको छैन । कति विद्यार्थी आइटी पढ्न गए र नर्सिङमा कन्भर्ट गरे, कति नसिंङ नै पढ्न गए र अन्य विषयमा कन्भर्ट गरे त्यसले गर्दा यथार्थ तथ्याङ्क अहिलेसम्म उपलब्ध नभएको हो । राम्रो जागीर पाउने, पिआर छिटो पाउने वा आफ्नो सुरक्षा हुने भएर पनि धेरैले नर्सिङमा कन्भर्ट गर्ने गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णु हरी पाण्डे बताउँछन् । ७ सय ४३ जना चाहिँ नेपालबाट नर्सिङ पढ्न भनेर गएका छन् तर पछि रजिष्ट्रेसनको समस्याले अन्य डिसिप्लेनमा कन्भर्ट गरेका छन् भने केही त्यहाँ आएका पनि छन् । अष्ट्रेलियाको कानुन अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरु पढाउन पाइन्छ । त्यसकै आधारमा नेपालका कन्सल्टेन्सीहरुले अष्ट्रेलियामा अप्लाई गर्छन्, नेपालको शिक्षा मन्त्रालयको नोअब्जेक्सन शाखाले नोअब्जेक्सन लेटर दिन्छ, हाइकमिशनले भिषा लगाइदिन्छ र कन्सल्टेन्सीहरुले विद्यार्थीलाई पढ्न त्यहाँ पठाउँछन् । तर अहिले आएर त्यो कलेजमा समस्या देखियो ।
समस्या के हो ?
२०१८ को जुलाईमा आएर त्यो कलेजमा समस्या आयो । अष्ट्रेलियन सरकारको नयाँ नियमअनुसार नर्सिङ पढ्नको लागि आइएलटिएसमा ७ नै ल्याउनु पर्ने भयो । अष्ट्रेलियाले नयाँ मात्रै होइन पुरानो विद्यार्थीलाई पनि त्यो नियम लगाई दियो । २०१८ मा नयाँ नियम आइसकेपछि २०१७ मा गएका विद्यार्थीहरुले पनि नर्सिङ पढ्न आइएलटिएसमा ७ नै ल्याउनु पर्ने भयो । र विद्यार्थीले ७ ल्याउन सक्यो भने त ठिकै भयो । सकेन भने के गर्ने ? त्यसपछि बजारमा एउटा हल्ला चल्यो त्यसको जिम्मा चाहिँ नेपालको कन्सल्टेन्सीले लिन्छ भनेर ।
यहाँबाट विद्यार्थी पठाउँदा अष्ट्रेलियाको भिषा सिस्टम के छ ? त्यहाँको इमिग्रेसन पोलिसी के छ ? त्यहाँको एजुकेशन सिस्टम के छ ? र त्यहाँको फि प्रोग्राम कस्तो छ भनेर विद्यार्थीलाई कन्सल्टेन्सीले स्पष्ट जानकारी दिएर नै पठाउने र विद्यार्थी पनि जाने गरेका छन् । तर यो समस्या नेपालका कन्सल्टेन्सी, नेपाल सरकार भन्दा पनि अष्ट्रेलियन सरकारले आफ्नो भिषा पोलिसीमा परिवर्तन गरेको कारण आएको हो ।
त्यसपछि २०१८ जुलाईपछि गएका विद्यार्थीहरुले नर्सिङ पढ्नको लागि आइएलटिएसमा ७ ल्याउनु पर्छ भन्ने मान्यता अनुरुप नै अप्लाई गरेर गइ पनि रहेका छन् । तर त्यो भन्दा अगाडि गएका विद्यार्थीहरुले कलेज चाहिँ एनमेक (एनमेक भनेको अष्ट्रेलियाको नर्सिङ काउन्सिल हो । एनमेकले कलेजको नर्सिङ विभागलाई एफिलेटेड गराउँछ ।) सँग दर्ता भएको छैन भनेर साइन गरेरै गएको अध्यक्ष पाण्डे दाबी गर्छन् ।
अब के हुन्छ ?
ती विद्यार्थीहरुले अब के गर्ने भन्ने अन्यौलता अहिले ब्यापक छ । आजभन्दा एक वर्षअघि पनि अष्ट्रेलियाकाको एउटा १३ हजार विद्यार्थी भएको कलेज यसरी नै बन्द भएको थियो । ती विद्यार्थी अर्को कलेजमा ट्रान्सफर भए ।
अष्ट्रेलियाको आयस्रोतको तेस्रो हिस्सा भनेको शिक्षा हो । पहिलो खानी, दोस्रो कृषि र तेस्रो शिक्षा । र अष्ट्रेलियाको जुन लोकप्रियता र शैक्षिक क्षेत्रको उचाई छ त्यसलाई उसले कमजोर पार्न चाहँदैन । अष्ट्रेलियाको इन्टरनेशनल स्टुडेन्टलाई हेर्ने सिस्टम पनि राम्रो छ । त्यहीँ कारणले कलेजमा त्यस्तो सस्पेन्सन भयो भने उसले कलेजलाई २८ दिनको समय दिन्छ । एआइबिटी कलेजलाई पनि २६ मार्चसम्मको समय दिएको छ । त्यो भित्रमा कलेज सस्पेन्सनबाट फर्किन पनि सक्छ । पहिलो कुरा, कलेज फर्कियो भने यो कलेजले निरन्तरता पाउँछ । दोस्रो कुरा, कलेज फर्किएन भने यो कलेजले आफ्ना विद्यार्थीहरुलाई अर्को कलेजमा टान्सफर गर्छ । र तेस्रो कुरा, ट्रान्सफर पनि गरेन भने अष्ट्रेलियामा ट्युसन प्रोटेक्सन सर्भिस छ । यो सरकारको आधिकारिक निकाय हो । जसको कारणले विद्यार्थीहरुले नपढेको फि पूर्ण रुपमा सुरक्षित हुन्छ । त्यहाँबाट विद्यार्थीहरुले फि फिर्ता लिन सक्छन् ।
यही तीनवटा कुराहरुले गर्दा विद्यार्थीहरु त्यहाँ सेफ साइडमा छन् भन्न सकिन्छ । त्यहाँका विद्यार्थीहरुले आत्तिहाल्नु पर्ने अवस्था नआएको पाण्डे बताउँछन् । कलेज सस्पेन्सनमा परेपछि बन्द भएको हल्ला गरिरहेको भए पनि यथार्थमा त्यस्तो नभएको उनले बताए । उनले भने, ‘कलेज आज पनि सञ्चालनमा रहेको छ ।’ उनले विद्यार्थीहरुलाई नअत्तालिन पनि आग्रह गरे ।
के गर्दैछ इक्यान ?
अष्ट्रेलियाबाट विद्यार्थीहरुले कम्प्लेन गरे र नेपालका मिडियामा प्रचारबाजी भयो । पाण्डे भन्छन्, ‘जो विद्यार्थीले नेपालको एक टेलिभिजनमा लाइभ आएर कम्प्लेन गरिन् ती विद्यार्थी पनि त्यो कलेजकी विद्यार्थी होइनन् । एक ढंगको र्युमर सिर्जना गरेर विद्यार्थीहरुले समस्या बढाउने काम गरियो ।’ पाण्डेका अनुसार त्यहाँको टिपिएस, डिपार्टमेन्ट अफ ट्रेनिङ इन्स्टीच्युट (डिटिआई) लगायतका संस्थासँग नजिक बसेर भेटघाट र कुराकानी भइरहेको छ । उनले भने, ‘अष्ट्रेलियन एम्बेसी काठमाडौँ, हाइकमिसन नयाँ दिल्लीमा कम्युनिकेशन बढाएर हामी समस्या समाधानको पहल गरिरहेका छौँ ।’
‘मन्त्रालयले यो कुरा बुझेको थिएन त्यसलाई पनि स्पष्ट पारेका छौँ’ उनले भने, ‘हामीले नेपाल र अष्ट्रेलियामा पनि कुरा गर्यौँ र विद्यार्थीको सेफ साइडको कुराहरु गरेका छौँ ।’ विद्यार्थीहरुलाई सुरक्षित गराएर र विद्यार्थीहरुको मुख्य पढ्ने कुरालाई निरन्तरता दिन आफूहरुले सक्दो पहल गरिरहेको उनले बताए । यही फेब्रुअरी २८ तारिखमा नर्थन टेरिटोरी डार्बिनका शिक्षामन्त्री नेपालमा आउँदै छन् । र यो समस्याको बारेमा उनलाई पनि जानकारी गराउने तयारी भइरहेको उनले बताए ।
अष्ट्रेलिया यो कुरामा अहिले शान्त छ तर नेपालमा मिडियाको तहबाट बढी उचाल्ने र अफबाह फैलाउने काम भइरहेको उनको गुनासो छ । विद्यार्थीलाई कुनै किसिमको समस्या नहोस् भनेर इक्यानले आफ्नो मातहतका ११ जना सञ्चालक र सहयोगीहरुलाई अष्ट्रेलिया पढाइसकेका छ । उनले भने, उनीहरुले आफ्ना विद्यार्थीहरुलाई कसरी टेककेयर गर्ने ? कसरी उनीहरुको पढ्ने वातावरण मिलाउने ? विद्यार्थीलाई सेक्युरिटी दिने, गाइडलाइन गर्ने, मेन्टिेनिङ गर्ने जस्ता काम उहाँहरुले गरिरहनु भएको छ । साभार : आजको खबर