Aamsanchar

फागुन १८ गतेदेखि स्वर्गीय निर्मल राई स्मृति छात्र भलिवल हुने

Author Image
बुधवार, फागुन १५, २०७५

शान्तिनगर ।

स्वर्गीय निर्मल राई स्मृति मेचीनगर स्तरीय छात्र भलिवल प्रतियोगिता हुने भएको छ । झापाको मेचीनगर–६ काकरभिट्टामा फागुन १८ गतेदेखि २० गतेसम्म हुने प्रतियोगितामा मेचीनगरका १४ वटा निजी विद्यालयका भलिवल टोलीले सहभागिता जनाउने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

स्वर्गीय राई अरुणोदय आवसीय सेकेण्डरी स्कुल सञ्चालक समितिका अध्यक्ष भगिरथ राईका पिता हुन् । गत बर्षदेखि स्कुलले राईको स्मृतिमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । आउँदो बर्षबाट सामुदायिक विद्यालयलाई समेत समेटेर खेल खेलाइने बताइएको छ । खेलको माध्यमबाट देशलाई चिनाउन सक्ने खेलाडी उत्पादन गर्न टेवा पु¥याउने उद्देश्यले सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता विद्यालयको प्राङ्गणमा हुनेछ ।

जिल्ला भलिवल सङ्घको प्राविधिक सहयोग रहने खेलको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक राजकुमार विश्वकर्माले बताए । उनका अनुसार गत बर्षको भन्दा यस बर्ष पुरस्कार राशी समेत बढाइएको छ । यसबर्षको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले १० हजार रुपैयाँ, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरको उत्कृष्ट स्पाइकर, लिप्mटर, डिफेन्स, सरभरलाई ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । यससंगै फाइनल खेलको दिन अरुणोदय आवसीय सेकेण्डरी स्कुल र पत्रकार टोलीवीचको मैत्रिपुर्ण खेल हुनेछ ।

स्वर्गीय निर्मल राई स्मृति अक्षयकोषमा रहेको २ लाख रुपैयाँको ब्याजबाट पुरस्कार वितरण गरिने र अन्य प्राविधिक सहयोग अरुणोदय आवसीय सेकेण्डरी स्कुलले गर्ने स्कुलका भाइस प्रिन्सिपल जीआर धितालले बताए । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भगिरथ राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक रिता थापा, बरिष्ट शिक्षक परशुराम रिजाल, खेल संयोजक राजकुमार विश्वकर्मा लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल जीआर धितालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर