किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा दुई दिनसम्म चल्ने यस बैठकमा कोरियाली प्रायद्विपबाट आणविक हतियार हटाउनेबारे छलफल हुने अनुमान गरिएको छ ।

बैठकपूर्व किम र ट्रम्पले भियतनामका प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुसँग भेटघाट गर्ने बताइएको छ । त्यसपछि हनोईको पाँचतारे मेट्रोपोल होटलमा किम र ट्रम्पकाे लागि डिनरकाे समय तोकिएको छ ।

ट्रम्पले भियतनामको बारेमा प्रशंसा गर्दै ट्वीट गरेका छन्, ‘सम्पन्न राष्टमध्ये विश्वमा भियतनाम पनि एक हो । र जतिसक्दो चाँडो उत्तर कोरिया आणविक हतियारमुक्त हुनेछ त्यति नै चाँडो यो पनि सम्पन्न हुनेछ ।’
Views: 205


