Aamsanchar

प्रधानमन्त्री मन्त्रिपरिषद पुनर्गठनको तयारीमा हुनुहुन्छ : अध्यक्ष प्रचण्ड

Author Image
मङ्गलवार, फागुन २८, २०७५

काठमाडौं ,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई फेर्ने र नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह गर्न लागेका हुन।

प्रधानमन्त्रीले मंगलबार बिहान मात्रै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन।

प्रदेश १ को राजधानी विराटनगरमा संचारकर्मीहरूसँग बोल्दै प्रचण्डले मन्त्री परिवर्तनको कुरा भइरहेको बताए। उनले भने, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुभएको छ त्यसमा भर पर्छ।

हाम्रोमा प्रधानमन्त्री प्रणाली छ। साँचो कुरा के हो भने आज बिहान मात्रै बालुवाटारमा कुरा भएको थियो। म बालुवाटारबाट सिधै आएको छु।’ उनले थपे, ‘प्रधानमन्त्रीजीको भनाई छ कि, म हेरिरहेको छु, दुवै अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही परिवर्तन गर्नुपर्छ।

तर अहिले हतारो छैन।’ प्रचण्डले आफूले मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीको भएकाले आफै गर्न भनेको बताए।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर