Aamsanchar

 ‘खुशीबही महोत्सव–२०७३’

Author Image
बुधवार, भदौ १, २०७३

khusibahi

काठमाडौँ  ।

खुशीबहिल टोल सुधार तथा धार्मिक पर्यटकीय स्थल संरक्षण समितिले भोलि भदौ २ गते जनैपूर्णिमाका दिन कामपा १३, ताहाचल खुशीबहिल परिसरमा ‘खुशीबही महोत्सव–२०७३’ आयोजना गर्ने भएको छ ।
खुशीबहीको ऐतिहासिक महत्व उजिल्याउने, यहाँ रहेका सम्पदा र संस्कृतिलाई विलुप्त हुन नदिने र यस स्थललाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गर्दै लाने उद्देश्यले नेवार समुदायको साँस्कृतिक पर्व गँुपुन्हीका दिन पारेर महोत्सव आयोजना गर्न लागिएको हो ।

गुँपुन्हीका अवसरमा काठमाडौँ शहरका परम्परागत बौद्ध विहारहरुमा दीपंकर बुद्ध (बही द्यः) र अन्य देवीदवता सर्वसाधारणका लागि प्रदर्शनमा राखिन्छ । यी देवताहरुका अतिरिक्त खुशीबहीमा सुनका अक्षर (लँुया आखः) र वीरकुश महाराजका मुखौटा (तेमां ख्वाःपा) र नये नकिं, ज्या थकिं (मल्लकालीन एक महिला जोडी) हेर्न पाइन्छ । गुँपुन्हीमा दीपंकर बुद्धको दर्शन गर्न आउने श्रद्धालुजनका लागि ऐतिहासिक विहार, यहाँका धार्मिक र सांस्कृतिक सम्पदाका साथै महोत्सवमा सहभागी भई विभिन्न व्यापारिक स्टलहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।

यहाँको ऐतिहासिक आजुमांख्यः परिसरमा खेल तथा मनोरञ्जन, हस्तकला र खाद्यवस्तुका स्टल राखिनेछन् भने यहीँ नेपाः डान्स एकेडेमी र शीर्षक सांगीतिक समूहका कलाकारहरुबाट नृत्य मञ्चन र सांगीतिक कार्यक्रमको प्रस्तुति दिइनेछ । अवलोकनकर्ताहरुका लागि निःशुल्क फेस पेन्टिङ र मेहन्दीको प्रबन्ध गरिएको छ । आजुमांख्य परिसरमा महायानी÷बज्रयानी बौद्ध परम्पराका अति पूजनीय दुई तान्त्रिक देवता रहेका छन् ।

महोत्सवको आयोजनाले स्थानीय उद्योग र व्यवसायको प्रवद्र्धनमा टेवा पुग्नुका साथै आपसी भाइचारा समेत अभिवृद्धि भई स्वच्छ र सभ्य समाज निर्माणमा टेवा पुग्ने विश्वास समितिका अध्यक्ष सिद्धिरत्न शाक्यले व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर