Aamsanchar

विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाउनु गलत : गगन थापा

Author Image
बुधवार, फागुन २९, २०७५

अर्घाखाँची,

नेपाली काग्रेसका सांसद गगनकुमार थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध गर्नु गलत भएको बताएका छन।

अर्घाखाँचीको ठाडामा संचालन भइरहेको शैक्षिक धार्मिक महोत्सवमा नेता थापाले सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर नियन्त्रण गर्न खोज्नु गलत भएको भन्दै अब देशमा फेरी द्घन्द्व सिर्जना हुन सक्ने बताए।

उनले धर्म परिवर्तन गर्न हाम्रो विरुद्घमा लागेकाहरू गाउँ पसिरहेकाले सचेत हुन पनि सबैलाई आग्रह गरे। यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रवादी नेताभन्दा देशभक्ती नेताको खाँचो भएको बताए।

पौडेलले अरुलाई बद्नाम गरेर आफ्नो विचार थुपार्ने काम अधिनायकवाद भएको बताए। उनले कटाक्ष गर्दै राष्ट्रवादको निकै ठुलो नारा लगाउने तर राष्ट्रवादको नाममा माक्सलवाद आउँछ भनेर पढाउने यस्तो राष्ट्रवाद हामीलाई स्विकार नहुने बताए।

नेता पौडेलले पछिल्लो समयमा राष्ट्रको संरक्षण र विकासमा भन्दा पनि निजी स्वार्थमा रहेर नेताहरूले राजनीति गरेपछि मुलुकमा राष्ट्रप्रेमी नेताको खडेरी परेको उल्लेख गर्दै अब यो मुलुकमा देशभक्त नेताको  खोजी गर्नुपर्ने बेला आएको बताए।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर