Aamsanchar

संघीय संसदको हिउँदै अधिवेशन आज अन्त्य हुने

Author Image
आइतवार, चैत १०, २०७५

काठमाडौं,

  संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ।  संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आइतबार बसेर हिउँदै अधिवेशनको अन्त्य हुन लागेको हो।  बिहान ११ बजेका लागि बोलाइएको  राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पारित गर्ने कार्यसूची छ।

  बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त विज्ञापन नियमन गर्ने विधेयक पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक पारितका लागि पेश गर्नेछिन्।

बैठकमा सांसदहरू विमला राई पौड्याल, रामनारायण विडारी र कालीबहादुर मल्लले संयुक्तरूपमा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले २०७१ साल चैत १८ गरेको निर्णय कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका लागि विजनेश सकिएकाले सभामुख कृष्णमहराले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नेबारे सरकारलाई जानकारी गराउनसक्ने सम्भावना रहेको छ ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर