इलाम सुर्योदय नगरपालिका स्थित सल्लाघारीमा निर्मित माने । विशेषगरी तामाङ जातीका समुदायहरुले आफ्ना दिवंगत परिवारको स्मृतिमा यस्तो माने, चैत्य बनाउने चलन छ । उनीहरु यस्ता चैत्यलाई कतै ‘हिकी’ र कतै ‘मानी’ भन्दछन् । बौद्धमार्गीको चैत्यका चारैतिर अथवा कुनै ठाउँमा ‘ॐ मणि पद्मे हुं’ भन्ने मन्त्र अङ्कित हुन्छ भने बोन्पोको अनुयायीका चैत्यमा ‘ॐ मत्रिमुये सालेदु ! भन्ने मन्त्र अङ्कित हुन्छ । बाटो हिँड्ने मानिस यस्तो चैत्यलाई बौद्ध भए दाहिने पारेर र बोन्पो भए बायाँ पारेर हिँड्नुपर्दछ, यसो गर्नाले त्यस बटुवालाई धर्म हुन्छ र हिँडेको थकाइ पनि लाग्दैन भन्ने विश्वास उनीहरुमा पाइन्छ ।
फोटो : बिनोद पाण्डे कमल/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 265