Aamsanchar

बुद्धशान्तिमा नेकपाको सपथ ग्रहण

Author Image
आइतवार, चैत १७, २०७५

बुधबारे ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता पछि गाउँ तथा नगर कमिटिहरुको सपथ ग्रहण सुरु हुन थालेको छ । झापाको मेचीनगर नगरपालिकाबाट शुरु भएको सपथ ग्रहण कार्यक्रम बुद्धशान्ति गाउँपालिकामा पनि शनिबार सम्पन्न भएको छ ।

७ वटा वडा रहेको बुद्धशान्तिमा वडा कमिटि सहित गाउँ कार्यसमितिको पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । बुद्धशान्ति एकता सहजिकरण संयन्त्र कार्यदलका लक्ष्मी राईको सभापतित्व तथा नेकपाका केन्द्रीय सदस्य नरेश खरेलको प्रमुख आतिथ्यमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नवगठित पदाधिकारीलाई प्रमुख अतिथि खरेलले सपथ खुवाए । नेकपाको बुद्धशान्ति कमिटिको अध्यक्षमा टिका पाठक तथा सचिवमा प्रेम नेम्बाङ चयन भएका छन् । उनीहरु सहित गठित ७५ सदस्यीय गाउँ कमिटि पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको छ ।

नेकपाका खड्ग तिम्सिना पवनले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि खरेलले दुई ठूला कम्युनिष्ट पार्टीको एकिकरणले नेकपाको एकता नहोलाकि, विभाजित हुन्छन् की भन्नेहरुको आशंका चिरेको टिप्पणी गरे । खरेलले यो एकताले थप जिम्मेवारी बढेको भन्दै सहीदका सपना पूरा गर्न, समाजवाद ल्याउन र जनहितका कार्य गर्न सके मात्र सपना साकार बन्ने हुँदा सबैले सबै कोणबाट सकारात्मक योगदान दिनुपर्ने बताए ।

कार्यक्रममा झापा क्षेत्र नम्बर २ की संघीय सांसद तथा नेकपाकी नेतृ पवित्रा निरौला खरेलले नव गठित समितिहरुको सपथ ग्रहणले गलत र भ्रामक प्रचारलाई चिरेको दावी गरिन् । सपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, रविन कोइराला, राष्ट्रिय सभा सांसद हरिचरण शिवाकोटी, प्रदेश सांसद गोपाल बुढाथोकी, प्रदेश सदस्य श्यामविर लिम्बु, लक्ष्मी न्यौपाने सरु, जिल्ला कार्यादल सदस्य चिन्तन पाठक, मणीकुमार साम्पाङ, खड्गबहादुर कन्दङ्वा, लगायतको आतिथ्यता रहेको थियो ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर