Aamsanchar

मेची नेत्रालय ‘मेचीनगर गोल्डकप’ बैसाख १२ गतेबाट

Author Image
शनिवार, चैत २३, २०७५

दिपेन लावती/ शान्तिनगर ।

मेची नेत्रालय ‘मेचीनगर गोल्डकप’को चौथो संस्करण बैशाख १२ गतेबाट २१ गतेसम्म हुने भएको छ । यस अघि चैत्र २८ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको थियो ।

तर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता संग मिति जुध्न गएका कारण प्रतियोगिता सारिएको हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीहरु उक्त खेलमा सहभागि हुन जाने भएकाले प्रतियोगिता प्रभावित हुने भएकाले मिति सारिएको आयोजकले जनाएको छ ।

आज काकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हो । काकरभिट्टा फुटबल टे«निङ सेन्टरले आयोजना गरेको प्रतियोगितिाको सह–आयोजकमा झापा जिल्ला खेलकुद विकास समिति, काकरभिट्टा भेट्रान फुटबल क्लव र मेचीनगर खेलकुद विकास समिति रहेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टा रहेको छ । झापा जिल्ला फुटबल संघको प्राबिधिक सहयोग रहेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ ।

हाल खेल मैदान र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । ३ हजार दर्शक क्षमताको प्याराफिट निर्माणमा करिव ५ लाख रुपैयाँ खर्च हुने जानकारी दिइएको छ । प्रतियोगिताको ६० प्रतिशत काम सकिएको आयोजक काकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेता टोलीले नगद ५ लाख १ हजार रुपैयाँसहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र कोचले नगद २१ हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ हात पार्नेछन् । हरेक दिनको म्यान अफ द म्याच हुने खेलाडीले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव ८१ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, मेचीनगर नगरपालिका–४ नम्वर वडाध्यक्ष नविन बराल, जिल्ला फुटबल संघ झापाका महासचिव शेरबहादुर बस्नेत, आयोजक काकरभिट्टा फुटबल टे«निङ सेन्टरका आर्थिक समितिका संयोजक गंगालाल गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता मेचीनगर–६ स्थित काकरभिट्टा माविको खेल मैदानमा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर