Aamsanchar

नेवा: पुच: युएईद्वारा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडिलाई सहयोग

Author Image
आइतवार, चैत २४, २०७५

सुर्य खवास / युएई,

खेलाडिहरुको मनोबल बढाउने उद्देशयले नेवा: पुच: युएईले नेपालमा हुन गैरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने आफ्नो समुदायका रेफ्री तथा खेलाडिहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए युएईको तर्फबाट सहभागी हुने विभिन्न तीन खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी,अफिसियल तथा रेफ्री गरि १३ जना मध्ये नेवारी समुदायका ४ जना रेफ्री एवं खेलाडीहरुलाई खेल सामाग्रीका निम्ति ५ अप्रिल का दिन एक हजार दुई सय दिराम हस्तान्तरण गरेको छ । प्रतियोगितामा नेवारी समुदायका कराँते रेफ्रीमा रबी शाही, ब्याटमिन्टन तर्फ हिरालाल श्रेष्ठ, कराँते तर्फ लोक श्रेष्ठ र तेक्वान्दो तर्फ नवीन श्रेष्ठले सहभागिता जनाउदै हुनुहुन्छ ।

दुुुबई स्थित दुबई मलमा नेवा: पुच: युएईका उपाध्यक्ष राजेश श्रेष्ठ को सभापतित्वमा सम्पन्न कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्नुहुदै पुच:का कोषाध्यक्ष अर्जुन श्रेष्ठले प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेवाा: पुच:का केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु, संरक्षक, पुर्व अध्यक्ष, मिसा: पुच: का पदाधिकारीहरु, मानार्थ सदस्यहरू तथा अन्य आमन्त्रित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने खेलाडीका तर्फबाट पुच:का केन्द्रिय सदस्य श्री हिरा लाल श्रेष्ठ र नवीन श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुच:का महासचिव,कोषाध्यक्ष तथा अन्य केन्द्रिय पदाधिकारीका साथ साथै पुच:का संरक्षक तथा भुतपुर्व अध्यक्ष, मिसा: पुच: युएईका अध्यक्ष, मानार्थ सदस्य र अन्य आमन्त्रित अतिथिको पनि उपस्थिति थियो। पुच:का कोषाध्यक्ष अर्जुन श्रेष्ठले रकम हस्तान्तरण गर्नुहुँदै प्रतियोगितामा सफलताको कामना पनि गर्नुभएको थियो। कार्यक्रममा खेलाडीका तर्फबाट पुच:का केन्द्रिय सदस्य श्री हिरा लाल श्रेष्ठ र नवीन श्रेष्ठको उपस्थिति थियो।

नेवा: पुच: युएईद्धारा कला, संस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य तथा अन्य भैपरी आएका समस्याहरुमा सहयोग पुर्‍याउदै आएको र आगामी दिनहरुमापनि यसलाई निरन्तरता दिँदै जाने नेवा: पुच: युएईका महासचिव कुमार बलामीले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर