Aamsanchar

आठौ राष्ट्रिय खेलकुद प्ररियोगितामा एनआरएनए युएईले ३ विधामा प्रतिस्पर्धा गर्दै

Author Image
बुधवार, चैत २७, २०७५

सुर्य खवास/ युएई,

आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैर आवासीय नेपाली संघको टिम सहभागी हुने भएको छ ।

प्रतियोगितामा एनआरएनए अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएई, मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुने एनआरएनए युएईले जानकारी दिएको छ ।

गैर आवासिय नेपाली संघ र राष्ट्रिय खेलकुद परिषद बिचको खेलकुद क्षेत्रको विकासमा साझेदारी गर्ने उद्देश्य अनुसारको सम्झौता अनुसार इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद परिषदले प्रवासी नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो ।

आगामी बैशाख ५ मा उद्घाटन हुने उक्त प्रतियोगितामा एनआरएनए युएईको तर्फबाट ३ विधामा दस जना खेलाडिले प्रतिस्पर्धा गर्ने छन । जसमा कराँते ९कुमिते० तर्फ बिजय तामाङ, लक्ष्मण थापा मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोक बहादुर श्रेष्ठ र राम बहादुर तामाङ रहनु भएको छ ।

यसैगरी ब्याटमिन्टन तर्फ बिक्की बुढा मगर, हिरालाल श्रेष्ठ र सुर्य गिरी तथा तेक्वान्दो तर्फ नबिन श्रेष्ठ ले प्रतिस्पर्धा गर्ने छन । त्यस्तै पर्शुराम घिमिरे ९टीम कोच, कराँते०, रबी शाही ९रेफ्री, कराँते० र मदन अधिकारी ९अफिसियल० सहभागी हुने एनआरएनए युएईका महासचिव कृष्ण पौडेल ले जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर