Aamsanchar

सुहागरातमै बेहुलाले गरे बेहुलीको हत्या

Author Image
शनिवार, भदौ ४, २०७३

सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन् । लसहरीे आफ्नै भतिजीसँग विवाह गरेका थिए ।

प्रहरीले कलन्दरलाई गिरफ्तार गरेको छ । उनले प्रहरीको सामु आफुले सुहागरातको दिन श्रीमतिलाई उसकै सलले बेरेर मारेको समेत स्विकारेका छन् ।

सुपरिटेन्टेड सज्जात खोखरले भने,‘कलन्दरले आफ्नी श्रीमति मारेको भनी स्वीकारी सकेको छ । आफ्नी श्रीमति भर्जिन नभएको थाहा पाएपछि कटनको सलवारले मारेर दुलाहा भागेको थियो ।’

नव विवाह गरेकी लसहरीका परिवारले लसहरी र कलन्दर घर नफर्के पनि उनीहरु कलन्दरको घरमा गएका थिए । घरमा जादाँ उनीहरुले लसहरीलाई कोठमा मृत फेला पारेपछि उनीहरु प्रहरीमा उजुर गर्न गएका थिए ।

प्रहरीले यसबारे थप अनुसन्धान गर्ने बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर