चारपाने, बैशाख १९ । मैले कर तिरिन भनेर मख्ख नपर्नुहोस् कर र काल उस्तै हो समय आएपछी छोडदैन् सरकारले छोरा नातीबाट पनि आज नतिरेको कर असुलगर्न सक्ने भएको हुदाँ सबै करदातालाई चुस्त दुरुस्त कर समयमै तिर्न आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलोराज आचार्यले व्यसायीलाई आग्रह सहित चेतावनी दिएका छन ।
होटल व्यवसायी संघ झापाको आयोजनामा आन्तरिक राजश्व कार्यालय र होटल व्यवसायीहरु विच बिहिबार बिर्तामोड स्थित होटल द गृन प्यालेसमा आयोजना भएकोे अन्तरक्रियामा प्रमुख अतिथि समेत रहेका आचार्यले यस्तो चेतावनी दिएका हुन ।
स्थायी लेखा, साझेदारी प्रा.ली. वा संस्थाको दर्ता, आयकर, अग्रिम कर कट्टी, करपाटी, दण्ड जरिवाना, किस्ता दाखिला नगरेमा ब्याज लाग्ने, स्थायी लेखा नम्बर स्थलगत गर्ने प्रकृया, करको दर र होटल संचालनको क्रममा करका कारण व्यवसायीमा परेको समस्या र फाईदा लगायतको विषयमा अन्तरक्रिया भएको थियो ।
विहान १० बजे बाट राती १० बजे सम्म होटलमा मदिरा बिक्री गर्न पाउने अधिकार मदिरा ऐन २०३१ ले दिएको भएपनी धेरै जसो ठाउ“मा प्रहरीले ८ बजेनै होटल बन्द गर्न दिएको दवाबका कारण आफुहरु मर्कामा परेको गुनासो पनि व्यवसायी हरुले राखेका थिए, उक्त गुनासोको जवाफमा प्रमुख आचार्यले यो बिषय स्थानिय सरकारले हेर्ने भएकोले आफु नबोल्ने भनेका थिए ।
अन्तरक्रिया होटल व्यवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेतीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राजश्व कार्यालय भद्रपुरका कर अधिकृत भिमप्रकास देवकोटा, बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष कुमार भट्टराईले कर कार्यालय र व्यवसायी विचको सम्बन्धको विषयमा आफ्नो धारणा राखेका थिए । अन्तरक्रियामा ३० भन्दा बढी होटल व्यसायीहरुकोको सहभागिता रहेको थियो । सहभागी मध्येवाट आधा जतीले आन्तरिक राज्जस्व कार्यालय प्रमुख संग कर सम्बन्धी जिज्ञाषा राखेका थिए ।
होटल व्यवसायी संघका जिल्ला सदस्य शिवराज पौडेलको संचालन, द गृन प्यालेसका संचालक अम्बिका पोखरेलले स्वागत गरेको कार्यक्रममा होटल व्यवसायी संघका पदाधिकारीहरु उपाध्यक्ष ईन्दिरा श्रेष्ठ, कोषाध्यक्ष हरी मैनाली, सदस्य डिल्लीकुमारी ओझा र आन्तरिक राजश्व कार्यालय भद्रपुरका नायवसुब्बा प्रदिप बराल लगायतको आतिथ्यता रहेको थियो ।