Aamsanchar

बिवाहमै बम विष्फोट,३० को मृत्यु ९० बढी घाइते

Author Image
आइतवार, भदौ ५, २०७३

टर्कीको दक्षिणी शहर गाजियान्टाबमा एक विवाहस्थलमा भएको बम विष्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ भने ९० भन्दा धेरै घाईते भएका छन्।

त्यहाँका अधिकारीहरुले घटनालाई आतंककारी आक्रमण भनेका छन्।

कुर्दिश बाहुल्य रहेको गाजियान्टाब शहर सिरियाली सीमाभन्दा करीब ६४ किलोमिटर वर रहेको छ।

गत मे महिनामा पनि त्यहाँ एक आत्मघाती हमलाकारीले दुई जना प्रहरी मारिदिएको थियो।

हालसम्म गाजियान्टाब हमलाको जिम्मा कसैले स्वीकारेको छैन।

तर सरकारी सूत्रहरुले इस्लामिक स्टेट भनिने आइएस विद्रोही समूहमाथि शंका गरेका छन्।

इस्तानबुलस्थित बीबीसी सम्वाददाता मार्क लोवेन भन्छन् गत एक वर्षमा टर्की इस्लामिक स्टेट र कुर्दिश लडाकूहरुले गराएका श्रृंखलाबद्ध बम हमलाको शिकार भएको छ।

जुन महिनामा आइएसले इस्तानबुल विमानस्थलमा आक्रमण गर्दा ४० भन्दा धेरैको मृत्यु भएको थियो।

उनका अनुसार यदि पछिल्लो बम हमला पनि आइएसले नै गराएको पुष्टी भयो भने त्यसलाई सिरिया र इराकबाट शक्ति गुम्दै जाँदा आइएसले गर्न खोजेको शक्ति प्रदर्शनको रुपमा हेरिन सक्छ।

हालैका समयमा आइएसले उत्तरी सिरियामा आफ्ना केही पकड क्षेत्र गुमाएको वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर