Aamsanchar

चाम्लिङ सरकार ढल्यो, २५ वर्षपछि सिक्किममा नयाँ सरकार

Author Image
शुक्रवार, जेठ १०, २०७६

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । 

लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा९एसकेएम० ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । 

सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । 

मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा रहेका थिए ।  तर उनको पार्टीलाई पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले विपक्षमा धकेलिदिएको छ ।

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । पवन चाम्लिङले नाम्ची र पोकेलोक कामराङ क्षेत्रबाट जित हात पारेका छन् ।

कुनै बेला चाम्लिङकै पार्टीमा रहेका गोलेले अहिले सिक्किमले परिवर्तन चाहेको बताएका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् ।

भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी भने सबै क्षेत्रमा पछाडि रहे पनि एसडीएफलाई सत्ताबाट विपक्षको बाटो देखाउन भने सहयोगी भूमिका खेलेको देखिन्छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर