Aamsanchar

२५ हजार घुससहित वडाध्यक्ष पक्राउ

Author Image
सोमवार, जेठ १३, २०७६

सप्तरी। सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका एक वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ ।

सप्तरीको सुरूङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मोहीयानी जग्गा छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग वडाध्यक्ष मियाँ २५ हजार घुससहित पक्राउ परेका थिए ।

मियाँले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बद्नियतपूर्वक मोहियानी जग्गा र रकमको बार्गेनिङ गरी नियमानुसार गर्नुपर्ने काममा उनले घुस लिएको अख्तियारको दाबी छ ।

अख्तियारले वडाध्यक्ष मियाँविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरिएको विशेष अदालत आरोपपत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर