१ एक शेयर गरेर महिमा बढाउँ ॐ श्री गणेशाय नमः

मंगलबार को दिन कस्ता कस्ता कामहरू गर्न हुदैनरुयहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ ।

सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।
यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः
मंगलबारको दिन गर्न नहुने ५ काम:
१( मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
२( मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३( मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
४( मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
५( मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।
हामीलाई थाहानै छ कि कालाष्टमी
दिन भैरवको जन्म भएको हुनाले यस दिनलाई भैरव जयन्ति भनेर मान्ने गरिन्छ। काल भैरवलाई भगवान शिव को अवतार समेत मान्ने गरिन्छ। कालभैरवको पूजा गर्दा आफूमा भएका सम्पूर्ण नकारात्मक कुराहरु टाढा भई जीवनमा सफलता मिल्ने विश्वास रहेको छ। काल भैरवको पूजा गर्दा जीवनका सम्पूर्ण दुख कष्टहरु समेत नष्ट भएर जाने कुरा शास्त्रमा उल्ल्लेख गरिएको छ।
तपाई काल भैरवको पूजा गर्दा पाठ गर्नु पर्ने मन्त्र स् ह्रीं उन्मत्त भैरवाय नम।
कालभैरवको पूजा गर्ने दिन विहान छिट्टै उठेर स्नान गरि वर्त लिएर आफ्ना पितृहरुको सम्झनाका साथ श्रद्धा गर्नुहोस। त्यस पश्चात भैरवको पूजा गरि रातको मध्यमा बत्ति बलि ,कालो तिल,सरौशको तिल आदीको साथमा भैरवको आरती गर्नुहोस। यति गरिसकेपछि वर्त भंग गरि कालो कुकुरलाई सेलरोटी खुवाउनुहोस्।
‘यस्ता व्यक्तिको घरमा धनको बास हुँदैन’
काठमाडौं, समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए भनेर हिन्दू शास्त्रमा उल्लेख छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए ।
देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिईन भनि शास्त्रमा उल्लेख गरिएको छ ।
– ‘लोभस्य पाप कारणम’ भनि शास्त्रमा उल्लेख छ । अर्थात लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुँदैन ।
– मासु, माछा को धेरै प्रयोग हुने घरमा पनि लक्ष्मीको बास हुन सक्दैन ।
– स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहने घरमा लक्ष्मीको लामो समयसम्म बास रहन सक्दैन् ।
– अहंकार गरेर बस्ने परिवार बस्ने घरमा लक्ष्मीको बास हुन सक्दैन ।
– स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने शास्त्रमा उल्लेख छ ।

