Aamsanchar

शत्रु बनेर गोली बर्साउने बाबुछोराको अनौठो मिलन

Author Image
आइतवार, भदौ ५, २०७३

काबुलः

a2cf8546c9eae169e765db1ab3e7cea7

अफगानिस्तान कुनै बेला तालिबान र सुरक्षाफौजमा रहेका बाबु छोराबीच अनौठो मिलन भएको छ ।  सुरक्षाफौजमा रहेका बाबु र आतंकवादी समूहमा रहेका छोराले एकआपसलाई मार्नका लागि पटक पटक युद्ध लडे ।

कयौं वर्षसम्म एकअर्कामाथि गोली हानाहान गरिरहेका उनीहरुबीच छोराले आत्मसमर्पण गरिदिएपछि मिलन भएको छ ।  अनौठो त के छ भने बाबुकै सामुन्ने आत्मसमर्पण गरेका छोराले अहिले बाबुसँगै मिलेर आतंकवादीविरुद्ध गोली बर्साइरहेका छन् ।

केही दिनअघि उत्तरी अफगानिस्तानको एक घरमा यी दुई दुष्मनको मिलन भयो । तालिबानमा रहेका छोरा संगठन छाडेर बाबुसम्म आइपुगे ।  यो मिलनको खुसियाली नै मनाइयो । तर जब बाबुछोराले मिलनका क्रममा एकअर्कालाई माला पहिर्याए, त्यही बेला तालिबानले बम र गोला बर्साउँदै हमला गरे ।

तालिबानले हमला गरेपछि पिता अब्दुल बसिरले हतियार उठाएर आक्रमण थाले । त्यसलगत्तै छोरा सईद मोहम्मदले आफ्ना पुराना तालिबानका कमाण्डरविरुद्ध आक्रमणको मोर्चा सम्हाले ।

‘ऊ मेरो छोरो थियो, तर कायर भएको थियो । र, मै माथि आक्रमण गथ्र्यो’, पिता बसिर भन्छन्, ‘तर अब म धेरै खुसी छु किनकि छोरो हामीसँगै फर्किएको छ । मैले उसलाई अंगालोमा बेरेर फेरि स्वीकार गरेको छु ।’

समाचार अनुसार १९९० को दशकमा बसिर, अब्दुल रशिद दोस्तमको सेनामा कमाण्डर थिए । र फरयाब प्रान्तमा एक स्थानीय मौलवी सैय्यद तालिबानका कमाणण्डर थिए।

बसिर र मौलवी एक दोस्रोविरूद्ध कयौं वर्षसम्म गोलाबारी गरिरहे । २००१ मा अमेरिकी सेना अफगानिस्तान पुगेपछि बसिरको शक्ति बढ्न पुग्यो । उनी मौलाबीलार्इ समाप्त गर्न चाहन्थे ।

तर उनले तालिबान छोड्ने शर्तमा माफी दिएका थिए ।उनले मौलवीलार्इ सहयोग गरेर एक मस्जिदमा इमाम बनाइदिए । मौलवीले तालिबानसँगको सम्बन्ध समाप्त गर्ने विश्वास गरेका थिए । तर उनले यस्तो गरेनन् ।

केही समयपछि बसिरका छोरा सईद पनि मौलावीसँग मिल्न पुगे । मौलवीले उनलाई तालिबानसँग मिलाएर आतंकवादी बनाइदिए । कयौं वर्षसम्म सईद आतंककारी बनिरहे । तर, अहिले आएर पिताकै सामुन्ने आत्मसर्मपण गरेपछि दुई बाबुछोराबीच अनौठो मिलन भएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर