Aamsanchar

हिन्दू र बौद्धधर्मावलम्बीको आस्थाको विन्दु ७५१ बर्ष पुरानो काक्रेबिहार

Author Image
बुधवार, जेठ १५, २०७६

विनोद पाण्डे

झापा । बिक्रम संवत १३२५ मा निर्माण गरिएको ऐतिहासिक महत्त्वपूर्ण तथा पुरातात्विक स्थल काक्रेबिहार सुख्रेतमा पर्दछ । तत्कालिन जुम्लाका खस राजाहरू अशोक मल्लको शासनकालमा निर्माण गरिएको ७५१ बर्ष भएको काक्रेबिहार पुनर्निर्माण नहुँदा त्याहाँ पुग्ने धार्मिक पर्यटकको मनमा पक्कै पर्छ  सम्वन्धीत पक्षले माल पाएर चाल नपाएको भन्ने ।

बि.स. १९९०सालको  भुइचालोले भत्काएको काक्रेबिहार त्यसपछि पुनर्निर्माण हुन सकेको छैन। पुनर्निर्माण नहुँदा त्यहाँ रहेका पुरात्वतिक वस्तुहरू अहिले अलपत्र अवस्थामा रहेका छन्।

हिन्दू र बौद्धधर्मावलम्बीहरूको आस्थाको शिखरमा रहेका यस काक्रेबिहार दुवै धर्मालम्बीहरूले समान रूपमा लिने गरेका छन्। प्राचीन खस राजाहरू बौद्ध र हिन्दू धर्मलाई धार्मिक सहिष्णुभाव राख्ने भएकाले शिव, पार्वती र सरस्वतीका मूर्तिहरू पनि काक्रेबिहारमा देख्न सकिन्छ।

नागरिक उड्यन तथा पर्यटन मन्त्रालयले पुनर्निर्माणका  लागि आठ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरी पुनर्निर्माणको ठेक्का दिएको थियो। ठेकेदारले २०७४ सालमा सक्ने सक्नु पर्ने थियो तर अहिलेसम्म पुनर्निर्माणले पूर्णता पाउन सकेको छैन ।

Views: 1073

प्रतिक्रिया (०)

सम्बन्धित खबर