Aamsanchar

सरकारको मुख ताकेन्न, सडक संरक्षणमा महिला एकता

Author Image
बुधवार, जेठ २९, २०७६

चरापाने, जेठ २९ ।
बिहानै देखि चर्किएको ३३ डिग्री तापक्रमको गर्मीको प्रवाह नगरी झापा अर्जुनधारा नगरपालिका वडा नंं ५ लक्ष्मीपुरमा महिलाहरुले देखाएको समाजसेवा काम धेरैका लागि उदाहरण बन्न सक्छ ।

विगत एक बर्ष अघी प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको लक्ष्मीपुर मदनपुर कालोपत्रे सडक राता दिनको ट्रिपर ट्रायाक्टरको आवतजावतले सडक किनारा भत्किन थालेपछी वडावाट प्राप्त सडक संरक्षण वापतको बजेटलाई सडक किनारका बनेको खाल्डा पुर्ने काममा स्थानिय सृजनशिल गणपति किर्तन मण्डली समूह सदस्यहरु अग्रसर बनेका हुन ।

सामाजिक विकास सरकारले मात्र गरिदिन्छ भनेर केही नगरी बस्न सकिएन आफ्नो गाउठाउँमा नयाँ बनाउन अनि निर्माण भई सकेको भौतिक संरचनालाई बचाउन मुख्य दायित्यव स्थानियको हुनुपर्छ त्यसैले सरकारले देश हेर्छ हामि नागरिकले आफ्नो आ“गन छेउमै भएको सामाजिक भौतिक विकासको संरक्षण गर्न सकेमात्र, दिगो विकास, सामाजिक एकता बलियो हुने हुदाँ हामि महिलाहरु सडक जोगाउन अघी बढेका हौ स्थानिय जनप्रतिनिधी परिषद सदस्य देविमाया घिमिरे ( सकुन्तला) ले बताईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर