Aamsanchar

विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार

Author Image
बिहिवार, जेठ ३०, २०७६


हिन्दू धर्मका आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। जसलाई यो संसारको पालन कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ। हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो। भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्।

जब जब पृथ्वीमा पाप बढ्दै गयो हत्या हिँसा लुट चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिए। पापिहरू नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका २४ वटा अवतार मानिन्छन्। ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ।

विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर