Aamsanchar

बोक्सी बक्ने फरार, बकाउने पक्राउ

Author Image
शुक्रवार, जेठ ३१, २०७६

बिर्तामोड । कानुन भन्दा माथी कोही हुदैन भन्ने थाहाँ हुदाहुदै पनि कानुन विपरित कार्य गर्ने झापा धुलाबारीकी एक बृद्धालाई बोक्सीको आरोप लगाएर सामाजिकरुपमा पिडा दिने स्वघोषित स्थानीय माता बताउदै धर्मको नामा समाजमा नकारात्मक भ्रम फैलाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

यो घटनासँगै बोक्सीको आरोप लागेकी धुलाबारीकी ८१ वर्षीया बृद्धालाई न्यायको ढोका खुलेको छ । बोक्सीको आरोप लागेकी स्थानीय बृद्धा गंगादेवी बस्नेतको बिषय कानुनी रुपमा अघि बढेको छ ।

स्थानीय महिलालाई बहकाउँदै जेष्ठ महिलालाई बोक्सीको आरोप जबरजस्ती लगाउने माताको उपनाम बनाएकी महिला पक्राउ परेसँगै कानुनी प्रकृया सुरु भएको हो । स्थानीय कुमारी चम्लागाईले स्वघोसित माता पबित्रा शिवाकोटीसँग उपचारको क्रममा ति बृद्धामाथि बोक्सीको आरोप लगाईएको थियो ।

यस बिषयमा प्रहरीमा उजुरी परेसँगै पबित्रा शिवाकोटीलाई आज प्रहरीले पक्राउ गरेको छ । कुमारी चम्लागाईको बिषयमा प्रहरीमा यसअघि नै उजुरी परिसकेको थियो । प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जीसहित ति महिलालाई पक्राउ गर्न खोज्दा उनी फरार रहेकी छिन् । आज शुक्रबार बिहान ति स्वघोसित माताबिरुद्ध प्रहरीमा उजुरी परेको थियो । प्रहरीले सम्पूर्ण प्रकृया पुरा गरेर माता भन्ने महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेसँगै कानुनी प्रकृया सुरु भएको श्रेष्ठको भनाई छ । अब दोषीलाई कारबाही र पीडितले न्याय पाउनुपर्छ भन्ने हो श्रेष्ठले भने । इलाका प्रहरी कार्यालय धुलाबारीले ति मातालाई पक्राउ गरिसकेको छ । माता पक्राउ परेपछि उनका आसेपासे थुपौरेहरु माता छुटाउन लागि परेका छन् । यसैबीच, आरोप लागेकी ८१ बर्षीया गंगादेवी बस्नेतले आफुले अब न्याय पाउने कुरामा बिश्वास रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर