Aamsanchar

शास्त्र अनुसार आईतबार यी कार्य गर्दा अति उत्तम

Author Image
आइतवार, असार १, २०७६

संसारमा विभिन्न धर्म र सप्रदायमान्ने मानिसहरु छन त्यसमध्ये सबैले आफ्नो धर्म संस्कार परंपरा अनुसार सफल असफल शुभ अशुभ हेरेर काम गर्ने गर्छन । जस मध्ये हिन्दु सनातममा हरेक बार फरक–फरक कामकाजको लागि छुट्याइएको छ । ज्योतिष शास्त्रअनुसार आइतबार र मंगलबारलाई खरो बारको रुपमा लिईन्छ । ग्रहको आधारमा बारहरु बनेक हुन्छन् ।

सूर्यको आधारमा आइतबार बनेको हो । आइतबार बारको आधारमा सूर्य बलियो हुने बार मानिन्छ । सूर्यलाई ज्योतिष शास्त्रहरुका अनुसार ग्रहहरुको राजा मानिन्छ । त्यसकारण आइतबार सरकारी कामकाजको लागि राम्रो मानिन्छ ।

आईतबारलाई कुनै पनि कार्यालायको कार्यभार सम्हाल्नु अति उत्तम हुने ज्योतिष शास्त्रले बताउँछ शास्त्र अनुसरा आईतबार विशेष गरेर सरकारी कार्यालय वा कामकाज गरेमा राम्रो हुन्छ ।

कुनै खुशीका उत्सव जस्तै विवाह , व्रतबन्ध, पास्नी वा कुनै भोज भतेर गर्दा आईतबार गर्दा राम्रो हुने हुन्छ । ज्योतिष शास्त्र अनुसार सूर्यलाई आत्मासँग सम्बन्ध राख्ने ग्रह मानिने भएकाले यस दिनमा गरेको कामकाजमा आत्म विश्वास बलियो हुन्छ भन्ने मान्यता ज्योतिष शास्त्रको रहेको छ ।

शास्त्रहरुका आधारमा हेर्ने हो भने औषधी निर्माण गर्ने काम देखी लिएर सेवन गर्ने काम समेत आईबार गरेमा धेरै राम्रो हुने शास्त्रले बताउँछ । कुनै बिरामीले आइतबार देखी औषधी सेवन गर्न सुरु गरेमा त्यस व्यक्तीले छिट्टै रोगबाट मुक्त पाउँछन् । सूर्यको प्रभावले आत्मविश्वास बलियो भई समस्या र रोगहरुबाट छुटकारा दिने मानिन्छ ।

आइतबारलाई खरोबार मानिने भएकाले हतियार सम्बन्धी यस दिन कार्य गर्दा निकै शुभ हुने हुन्छ । सुन, तामा र धातुका कामहरुको प्रारम्भ पनि आइतबार गर्नाले चाँडो सफलता हासिल हुने शास्त्रले बताउँछ । ऊन र काठ को कामलाई पनि यस दिन निकै राम्रो हुने मानिन्छ भने फर्निचर संबन्धि काम पनि आइतबारलाई शुभ मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर