Aamsanchar

आज सोमबार भगवान शिवनामको अर्थ थाहाँ पाउनुहोस् ।

Author Image
सोमवार, असार २, २०७६

शंकरको ” श ” को अर्थ हो कल्याण र ” कर ” को अर्थ हो गर्ने । शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ । शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् । शिवनै ब्रह्मा हुन् ,ब्रह्मानै शिव हुन् ,शिवनै बिष्णु हुन् अनि बिष्णुनै शिव हुन् । यस संसारको श्रिश्टि ,पालन र संहारकोलागि एउटै नाउ बिभिन्न नामले चिन्हीदै आएको छ । शिवलिंग भगवान शिव प्रतीक हो ।निश्चल ज्ञान र तेज़को प्रतिनिधित्व शिवलिंगले गरेको हुन्छ । ‘शिव’ को अर्थ हो – ‘कल्याणकारी’ र ‘लिंग’ को अर्थ हो – ‘सृजनता ‘ ! शिवलिंग जल, दूध, बेलपत्रले पूजिन्छ !लिंग को मूल मा ब्रह्मा, मध्य मा विष्णु र माथि पट्टि प्रणवाख्य स्वयम् महादेव रहेका हुन्छन । शिवलिंगको वेदी महादेवी स्वरुप हुन् र लिंग स्वयम् महादेव । शिवलिंगको मात्र पूजा गर्दा सबै देवी देउताको पूजा गरेको मानिन्छ । शिवलिंगमा जल अर्पण गर्नुको अर्थ हो प्राणको सुरक्ष्या । शिवलिंग माथि जल अभिषेक गर्नुको अर्थ हो परम तत्वमा प्राण विसर्जन गर्नु ।

रुद्राष्टाध्यायी यजुर्वेदको एउटा अंग हो र वेद सनातनी हिन्दुको सर्बोत्तम ग्रन्थ हो। वेद शिवको अंश हो यसकारण वेदस्शिवस् शिवो वेदस् भन्ने गरिन्छ । अर्थात् वेदनै शिव हो तथा शिवनै वेद हो , वेदको प्रादुर्भाव शिवबाटै भएको हो । भगवान शिव तथा विष्णु एकांश भएकाले हरिहर भनिएका हुन् । हरि अर्थात् नारायण (विष्णु) र हर अर्थात् महादेव (शिव) । वेद र नारायण पनि एक हुन् । वेदो नारायणस् साक्षात् स्वयम्भूरिति शुश्रुतम् । यसै कारण नेपाली संस्कृतिमा वेदको महत्व बढि छ र वेद कै ऋचा तथा सूक्तहरुले पूजा, यज्ञ, अभिषेक आदि गरिन्छ । शिव,महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सबै ब्रह्मकै पर्यायवाची शब्द हुन् । रुद्र अर्थात् ‘रुत्’ र रुत् अर्थात् दुस्ख नष्ट गर्ने रुद्र हुन् , रुतं–दुस्खं, द्रावयति–नाशयति इति रुद्रस्। रुद्रहृदयोपनिषदमा लेखिएको छ ।

सर्वदेवात्मको रुद्रस् सर्वे देवास् शिवात्मकास्।
रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दनस्।।
यो रुद्रस् स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशनस्।
ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत्।।
यही श्लोक अनुसार रूद्रनै ब्रह्मा, विष्णु हुन् सबै देउता रुद्रांश हुन् र सबैकुरो रुद्रबाटै उत्पन्न भएका हुन् । रुद्रनै ब्रह्म स्वरुप हो , र उनीनै स्वयम्भू हुन् ।

शिवलिङ्गको प्रादुर्भाव र चतुर्दशी तिथिको महत्व :
शिवलिङ्गको प्रादुर्भाव चतुर्दशी तिथिको दिन भएको थियो । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । यो समस्त श्रिश्टिको रचना फाल्गुन कृष्ण पक्ष चतुर्दशी तिथिको दिन भएको थियो ।सनातनी हिन्दु परम्परामा एक बर्षमा चारवटा रात्री मनाइन्छ । यो पर्व कालरात्री (बडा दशैं ),मोहरात्री (कृष्ण जन्माष्टमी ), सुखरात्री (लक्ष्मी पूजा ) झैँ शिवरात्री भनि मनाउनु पर्ने कारण के हो भने ईशान संहिता अनुसार यसै फाल्गुण कृष्ण चतुर्दशीको तिथिको मध्य रातमा निराकार ब्रह्म स्वरुप शिवलिंगको प्रतीक भै यस लोकमा अवतरित भएका थिए तथा यसै दिन प्रदोष कालमा भगवान शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन भन्ने मान्यता ईशान संहितामा उल्लेखित छ।
ईशान संहिता अनुसार महा शिवरात्रीकै दिन ब्रह्मा र विष्णु स्वरुप अगाडी अत्यन्त प्रकाशवान आकार प्रकट भएको थियो । यसै दिन भगवान शिव र आदि शक्तिको बिहे हिमालय पर्वतमा भएको थियो । यसैदिन भगवान शिवले ताण्डव र भगवतीले ”लास्यनृत्य ” गर्दा ती दुइको समन्वयले यस काश्यपी शृष्टिको सन्तुलन बन्न सकेको हो । भगवतीको लास्यनृत्य नभएको भए शिवजीको ताण्डव नृत्यको कारण यो श्रिश्टी खण्ड खण्ड हुन् सक्थ्यो। शिव रात्रिकै दिन समुन्द्र मन्थन गरिएको थियो । समुन्द्र मन्थनबाट निस्किएको कालकुट बिष शिवजीले आजकै दिन ब्रह्माण्डको रक्षाकोलागि पिएका थिए । त्यो बिष पिउदा घांटी निलो हुनपुगेकोले उनलाई उक्त दिनदेखिनैनिलकन्ठ भनिन थालियो ।

पारिवारिक स्वरुपको महत्व  : 
शिवजीलाई कालकुट विष र शेषनाग घाँटीमा बेरिएको हुँदा महामृत्युन्जय भनिएको हो १ उनले जटामा गंगालाई धारण गरे उनले विश्व मुक्त गर्ने स्वरुप आफुमा अन्तर्निहित भएको बताए १
अग्निमय तेश्रो नेत्र नजिक चन्द्रकला धारण गरेर आफुमा सम्हारकत्व र पोशकत्व गुण रहेको जनाए १ लोकाधिपति भएर पनि उनले खरानी र बाघको छालालाई आफ्नो गहना र बस्त्र बनाएर यस संसारमा वैराग्यनै श्रेष्ठ हो भन्ने बताए १ शिवको
वाहन नन्दी , कार्तिकेयको वाहन मयुर ,गणेशको मुषा
,पार्वतीको सिंह र शिवको नन्दी त्यसमाथि सर्पहरुको
आभूषण १ सबै एक अर्काको सत्रु तर ग्रिह्पतिको छायामा सबै सुख र शान्तिले रहेको अवस्था १ कार्तिकेय सधै युद्धकोलागि उद्दत देखिन्छन तर गणेश सधै शान्ति प्रिय रहेकाछन १ घरको
शान्तिकोलागि आदर्शको शिक्षा उनले यो लोकलाई दिएका छन् १ शिवजीको विचित्रको परिवार थियो ।  उनको घरमा विचित्रको स्वभाव र रुचिको सम्मिश्रण रहेको थियो १ बेमेल भित्र सुख सान्ति र अनुपम मेलको सम्मिश्रण थियो १ सुर ,नर ,मुनि ,नाग ,गन्धर्व ,किन्नर ,अशुर ,दैत्य ,भुत ,पिशाच ,वेताल ,डाकिनी ,शाकिनी ,वृश्चिक ,सर्प , सिंह सबै द्वारा उनि पूजित भए पनि आँक , धतुरो वेलपत्र र जलमै आफु सन्तुष्ट हुने बताए ।

भगवती अन्नपूर्णा उनकी अर्धांगिनी थिइन् तर उनि सधै भिखारीनै रहन पुगे । शिव र अन्नपूर्णा विभक्त भएर यस संसारको सबै ऐश्वर्य विष्णु र लक्ष्मीलाई अर्पण गरे । शिव स्वरुप परस्पर विरोधी तत्वहरुको सामंजस्य स्वरुप हो । उनको टाउकोमा एकातिर चन्द्रमा छ, भने अर्को तिर महाविषधारी सर्प उनको घाँटिमा मालाको रुपमा रहेको छ । उनि अर्धनारीश्वर हुन् तर कामजित छन् । उनको गृहस्थी जीवन देखिन्छ तर आफु श्मशानवासी हुन् पुगेका छन । सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र कहलिएका छन् । उनको परिवारमा भूत(प्रेत, नंदी, सिंह, सर्प, मयूर ,मुषा ईत्यादि सबैको सामान्जस्यता रहेको छ । उनि द्वन्द रहित सह(अस्तित्वका महान विचारक हुन् ! वेदमा उनि रुद्र स्वरुपमा छन् । तिनले आँखा चिम्लिदा योसंसारमा शव मात्र रहन जान्छ । हाम्रो शरीरमा त्रिदेवको स्थान : हाम्रो शरीरको शिरमा ब्रह्माको बास छ । विष्णु हृदय अथवा शरिरको मध्य भागमा रहेका छन् र शिव को स्थान भन्दा तलको मुन्तिरको भाग हो । त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिएको हो । इनी सृष्टिको उत्पति , स्थिति एवं संहारको अधिपति हुन् । संहारका देवता हुन् । अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनको महाकाल नै स्वरुपनै ज्योतिष शास्त्रको आधार हो ।  उनले लय र प्रलय दुवैलाई आफ्नो अधीन मा राखेका हुदा शिव देवताका पनि देवता अर्थात महादेव हुन् पुगेका हुन्। इनी ईश्वरका पनि ईश्वर भएकोले महेश्वर भनिएका हुन् । हिन्दु धर्ममा पर्ने शैव, शाक्त, वैष्णव, जैन, सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति मन्दिर समान आस्था एवं श्रद्धाको केन्द्रको रुपमा छ ।

शिव स्वरुप स् शिव पूर्वमा रहंदा ” भव ” दक्षिण दिशामा रहंदा “शर्व ” पश्चिममा “पशुपति ” उत्तरमा “उग्र ” र ईशान रुप भई अन्तरिक्षमा रहेका हुन्छन । ईनि सँधै कल्याणकारी रहुन भन्ने अभिप्रायले “सदा शिव ” भनि पुकारिन्छ ।  भव ,पशुपति,महादेव र ईशान शिवको कल्याणकारी रुप हो भने रुद्र शर्व ,उग्र ,अशनि, शिवको विध्वंशकारी श्वरुप हो ।  यीरुपवाट शिवजीलाइ आह्वान गर्दा अरुदेवताहरु त्रशित भएर आउन्नन भन्ने लोक मान्यता छ ।  शिव सम्प्रदायले शिवका ५ मुख सद्दोजात ,वामदेव ,अघोर ,तत्पुरुष ,ईशानद्वारा आफ्ना भक्तहरुलाई आशिष दिन्छन भन्नेकुरा लिङ्ग पुराणमा वर्णित छ । शिवरात्रिको पूजा रात्रिको चारै प्रहर गरिनु पर्दछ । धतुरोको फूल, प्रसादमा भाङ, चरस शिवजीका प्रिय बस्तु मानिन्छन ।  दूध, दही, घिउ, सख्खर, मह जस्ता पाँच चिज जसलाई पञ्चामृतद्वारा शुक्ल यजुर्वेदको १६ अध्यायको रुद्राष्टाध्यायी शतरुद्रीय मन्त्रद्वारा रूद्र सूक्त सहित अभिषेक गरिन्छ 

शिवरात्रीकोलागि तिथि छनौट : 
सनातनी हिन्दु परम्परामा क्षय तिथी कुनै कार्यकोलागि पनि उपयुक्त मानिन्न तर फाल्गुन कृष्ण चतुर्दशीको दिन शिवरात्री पर्व मनाइन्छ १ त्रयोदशी तिथिको दिन रात्रीको आरम्भकालमा वा मध्यरात्रीकालमा चतुर्दशी तिथि मिसिन पुग्यो भने त्यसलाई शिवरात्री भनिन्छ १ शिवरात्री तीनवटा तिथिले ९त्रिस्प्रिहा० ९१३,१४,३० ० छोयो भने अति उत्तम मानिन्छ १ चतुर्दशी तिथिका अधिपतिनै शिवजी हुन् ।  प्रत्येक महिनाको कृष्ण पक्षको त्रयोदशी चतुर्दशी तिथिको संयोगलाई मास शिवरात्री भनिन्छ भने फाल्गुन कृष्ण चतुर्दशीको अर्धरात्रीकालमा शिव लिंगको प्रादुर्भाव
भएको हुदा यसलाई महाशिवरात्री भनिन्छ ।  शिवकी शक्ति (पत्नी रु) दुर्गा भगवती मानिन्छिन इनको बासस्थान कैलाश पर्वतमा रहेको ठानिन्छ । शिवजीका छोराहरु कार्तिकेय र गणेश मानिएका छन् भने इनकि एक मात्र छोरीको नाम ” वनमाला ” हो जसलाई ” ओखा ” पनि भनेर चिनिन्छ ।

अर्थ भित्रको अर्थ : 
तपाइहरुले भगवान शिवजीको मूर्ति देख्नु भएको छ त्याँहा शिवजीको शीरमा जटा छ । त्यो जटामा एउटा द्वितीयाको चन्द्रमाको चिन्ह छ । तिनको निधारमा तेश्रो आखो छ । घाँटीमा सर्प ,जटा र पाखुरामा रुद्राक्षको माला बेरिएको छ । एउटा हातमा डमरु र अर्को हातमा त्रिशुल छ । संपूर्ण शरीरमा खरानी घसेको छ । उनको शरीरको तल्लो भागमा बाघ वा हात्तीको छाला बेरिएको छ र उनी कैलाशमा बस्तछन भन्ने सांकेतिक अर्थ छ । यी शिवजीका प्रतीकहरुको अर्थ के हो रु रहस्य के हो ? शिवजीको वेशभूषा यस्तो देखिनुको तात्पर्य के हो ? आउनोस शिवजी स्वरुप भित्र घोत्लियु जसमा प्रत्येक धर्मको मान्छेले त्यसमा आफ्नो प्रतीक खोज्न सकोस हिन्दू र हिन्दुत्वको व्याख्यामा आफ्नो ग्यान खर्चोस ।  चन्द्रमा :  शिव जी को एउटा नाम ‘सोम’ पनि हो । सोमको अर्थ चन्द्रमा हो । उनको दिन सोमवार हो । चन्द्रमा मनको कारक हो । शिवजीले चन्द्रमा धारण गर्नुको अर्थ आफ्नो मन नियंत्रण गर्नु हो । शिवजी संग सम्बन्धित सबै चाडपर्वहरु चन्द्रमासमा आधारित हुन्छन । महाशिवरात्री ,मासशिवरात्री ,प्रदोष यसैका परिचायक हुन् । र यी सबै चाडमा चर्द्र कलाको महत्व छ । शिवजीको शीरको अर्ध चन्द्र शिव पन्थ र चन्द्र बंशीहरुको परिचायक हो । मध्य देश ( ष्ममभि भबकत) को सबै राष्ट्रहरुको ध्वजामा त्यै आशय उल्लेखित गरिएको हो । चर्चित चंगेज खानको झन्डामा पनि अर्ध चन्द्र अंकित थियो । ईश्लाम धर्मको प्रतिक चिन्ह हो अर्ध चन्द्र यसैको फलस्वरूप हिन्दूको मकेश्वर महादेव मुसलमानहरुको पवित्र तिर्थस्थल मक्का हुन् पुगेको हो ।

त्रिशूल : 
शिवजीको त्रिशूल सत्य ,तम ,राज स्वरुपको परिचायक हो १ जसलाई प्रोटोन ,न्युट्रोन र इलेक्ट्रोन पनि भनिन्छ १ यस बाहेक त्रिशूलको तिन शूलले उदय , शंरक्षण र बिनाश हुनेकुराको
प्रतिनिधित्व गरेको हुन्छ १ यसैलाई भुत ,बर्तमान र भविष्य पनि भनिन्छ ।

नाग :
शिवजीको नाग बंश संग गहिरो सम्बन्ध थियो १ इनि नाग बंशका आराध्य देव थिए १ त्यसकारण इनको गलामा नागले शोभा पाएको थियो १ नाग मान्छेको बोलीमा हुने बिषको परिचायक हो ।

डमरु : 
गहिरिएर बिचारने हो भने सबै हिन्दूको देवी देवताहरुसंग एक एक बटा बाद्द्य बादन रहेको छ। यी सबैको प्रतीकात्मक अर्थ रहेको हुन्छ । शिव संग रहेको डमरुको अर्थ हो यो विश्वमा नाद अर्थात ध्वनीको ठुलो महत्व छ । इनि संगीतका जनक पनि हुन् । शिवजीको प्रादुर्भाव हुनु भन्दा पहिले कसैले नाच्न ,गाउँन र बजाउन जान्दैनथ्यो । याँहा डमरु अर्थात नादको अर्थ त्यसो ध्वनी संग सम्बन्धित छ जो यस ब्रह्माण्डमा सधैं विद्यमान थियो अर्थात ” ओं ” । यहि नादबाट परा ,पश्यन्ति ,मध्यमा र वाणीको उत्पत्ति भएको हो । 

साढे
बृशभ शिवको बाहन हो । याँहा बृशभको अर्थ धर्म हो । वेदले धर्मको चार खुट्टो भएको बताएको छ ।  याँहा धर्मको खुट्टो भनेको हिन्दुका चार पुरुश्वार्थ अर्थात धर्म ,अर्थ ,काम र मोक्ष हो । देवादिदेव शिव यिनै चार पुरुस्वार्थहरु माथि बसेर हिडदछन ।  शिवको बाहनलाई नन्दी पनि भनिन्छ । याँहा नन्दी शब्द समुहका पर्यायवाची हुन जसले धर्मशास्त्र ,अर्थशास्त्र,कामशास्त्र र मोक्षशास्त्रको रचना गरेका थिए ।

जटा :
शिव अन्तरिक्षका देउता मानिन्छन । उनको नाउ व्योमकेश पनि हो । यसकारण आकाश उनको जटा स्वरुप हो । जटा बायु मण्डलको प्रतिक हो । सौर्य मण्डलमाथि परमेश्ठी मण्डल रहेको मानिन्छ । यसैको अर्थतत्व समातेर त्यसलाई गङ्गा भनिएको हो । यसैकारण गङ्गा शिवको जटामा प्रवाहित छन् । शिवजीले जटामा गङ्गा धारण गरेका कारण उनलाई जल चढाउने चलन चलेको हो । भष्म शिवले शरीरमा भष्म लाउछन । भष्म यस संसारको निस्सारताको परिचायक हो । यो आकर्षण ,मायाँ र मुक्तिको प्रतिक हो ।

त्रिनेत्र
शिवजीलाई त्रिनेत्र भनिन्छ । उनको तिन आँखो छ । प्रत्येक व्यक्तिको दुइ आँखी भुइको बिचमा ३ आँखो अर्थात अलौकिक दृष्टि रहन्छ भनिएको हो । संसार र सन्यास यसको अर्थ हो मान्छेले ध्यान ,साधना र सन्यासमा रहेर पनि संसारको जिम्मेवारी पुरा गर्न सक्तछ । ब्याघ्र चर्म शिवजीले आफ्नो अंगमा बाघ वा हात्तीको छाला बेरेको मानिन्छ । याँहा हात्ती भनेको अभिमान र बाघ भनेको हिंसाको प्रतिक हो १ शिवजीले हिँसा र अभिमान दुवै दबाएर राखेका छन् ।

पिनाक
शिवजीले धनुष चलाउदा त्यसको आवाजले बादल छाटिन्थ्यो । पर्वत हल्लिन्थ्यो । भुकम्प आएको आभाष हुन्थ्यो । शिवजीको धनुष ज्यादै शक्तिशाली भएकोले यसको प्रभावले त्रिपुराशुरको नगरी ध्वस्त हुन् पुगेको थियो । देवी देवताको काल सकिएपछि शिवजीले त्यो धनुषको प्रयोजन सकियो भनि देवराज ईन्द्रलाइ दिई पठाएका थिए ।  देवराज ईन्द्रले त्यो धनुष मिथिला नरेश राजा जनकका पूर्वज देवराजलाइ दिई पठाएका थिए । देवराज राजा जनकका पूर्वज निमिका जेठो छोराका रुपमा परिचित व्यक्तित्व हुन् ।  त्यै शिव(धनुष देवराजको धरोहर स्वरूप राजा जनक संग सीता बिबाह सम्म सुरक्षित रहेको थियो । जसलाई सीता स्वयम्वरमा मर्यादा पुरुषोत्तम रामले तोडे र सीता स्वयम्वर हुन् पुगेको थियो । भनिन्छ यो धनुष भगवान शंकरले आफ्नै हातले बनाएका थिए । त्यसैले यसलाई कसैले उठाउन र ताँदो लाउन सक्तैन थ्यो १ तर भगवान रामले उठाएर यसको तांदोलाउदा भाचिन पुग्यो ।

चक्र
एउटै चक्र काल ,प्रयोजन र प्रयोगको कारण बिभिन्न नामले चिनिन्थ्यो । भगवान शिवको हातमा हुदा जुन चक्रको नाम भवरेंदु रहेको थियो , त्यै चक्र विष्णुको हातमा आउँदा कांता नामले चिन्हियो , त्यै चक्र भगवतीको हातको शोभा हुन् पुग्दा मृत्यु मंजरीको नामले जानिन्थ्यो र पछि त्यै चक्र भगवान कृष्ण संग जोडिदा सुदर्शन चक्रको नामले चिन्हियो ।  तर त्यो कृष्णको सुदर्शन चक्रको निर्माण भगवान शिवले नै गरेका थिए । निर्माण गरिसकेपछि भगवान शिवजीले श्रीविष्णुलाई दिए । श्रीविष्णुले यो चक्र पार्वतीलाइ दिए पार्वतीले त्यो चक्र परशुराम लाई दिइन । त्यसपछि मात्र भगवान कृष्णले त्यो सुदर्शन चक्र परशुरामबाट पाएका थिए ।

त्रिपुंड
निधारमा शिवजीले त्रिपुंड तिलक लगाएका हुन्छन १ यो तीनबटा लामो रेखाको हुन्छ १ यो त्रिलोक्य र त्रिगुणको प्रतीक हो १ यो सतोगुण, रजोगुण र तमोगुणको पनि प्रतीक हो १ यो त्रिपुंड सेतो श्रीखंड चंदन वा भष्मको हुन्छ । त्रिपुंड दुइ किसिमको हुन्छ । पहिलो तिन रेखा बीच रातो रंग को एउटा बिंदु भएको । याँहा बिन्दु शक्तिको प्रतिक हॊ । अर्को आम मान्छेले लाउने तीन धर्के त्रिपुंड । यसले मान्छेको मन एकाग्र बनाउदछ ।  बिन्दु भएको त्रिपुण्ड आम मान्छेले लाउन्नन ।

रुद्राक्ष :
सकारात्मक ऊर्जा तथा रक्त संचार सन्तुलित राख्न शिवजीले रुद्राक्ष धारण गर्दथे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 397

प्रतिक्रिया (०)

सम्बन्धित खबर