Aamsanchar

चार वर्षमै एक करोड

Author Image
बुधवार, भदौ ८, २०७३

om_namah_shivaya

बिर्तामोड ।
बिर्तामोड–६स्थित ॐनाम शिवाय बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा सोमवार भद्रपुरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि ट्राफिक प्रहरी कार्यालय पूर्व क्षेत्रीय प्रमुख प्रहरी उपरीक्षक पवनकुमार गिरीले दीप प्रज्ज्वलन गरी गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भरतलालले प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने लगायतका योजना सार्वजनिक गरेका छन् । ४८ जना संस्थापक शेयर सदस्यले शुरु गरेको सहकारीको शेयर पूाजी एक करोड रुपैयाा रहेको सो अवसरमा जानकारी गराइयो । उक्त अवसरमा लेखा समितिकोतर्फबाट संयोजक इन्द्रमणि पौडेलले चालू आर्थिक बर्षका लागि एक करोड २७ लाख ९५ हजार दुई सय ३२ रुपैयाा बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल दशनामी समाजका जिल्ला उपाध्यक्ष तथा भवन निर्माण समिति संयोजक खिलबहादुर गिरी(राजु)ले बुट्टाबारीमा असोजबाट बन्न लागेको समाजको भवन निर्माणका लागि सहयोग गर्न अपिल गरे । उनले हाल बैंकमा १२ लाख रुपैयाा जम्मा भइसकेको जानकारी समेत गराए ।
संस्थाका संरक्षक तथा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दविक्रम गिरी, नेपाल दशनामी समाज केन्द्रीय सदस्य डम्बर वन, नेपाल दशनामी समाजका जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरी, महिला समिति संयोजक पार्वता गिरी, नेपाल दशनामी समाज झापाका युवा समिति अध्यक्ष गोविन्द गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त अवसरमा संस्थाका संरक्षक गोविन्दविक्रमद्वारा लिखित विश्व सहकारी सामान्य ज्ञान नामक पुस्तकको विमोचन गरिएको थियो । सदस्य एलबहादुर गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य राजकुमार गिरीले गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी भोला गिरी, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष एवम् सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, सल्लाहकार हर्कलाल गिरी, प्रहरी निरीक्षक विशाल भारती, संगीता रौनियार, सुरज रौनियार, ज्येष्ठ नागरिक समिति संयोजक अमरबहादुर गिरी, ज्येष्ठ शेयर सदस्य भरत सुवेदी लगायतको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)