Aamsanchar

झापामा ४६ प्रहरी कारबाहीमा ९ जनाको जागिर गयो

Author Image
आइतवार, असार २२, २०७६

बिर्तामोड ।

जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ४६ प्रहरीलाई कारवाही गरेको जनाइको छ ।

प्रहरीले आचरण विपरित कार्य गर्ने प्रहरी नायव निरीक्षक २, प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार १० र प्रहरी जवान २८ गरी ४६ जनालाई कारवाही गरेको नसिहत ,सख्त चेतावनी, ग्रेड रोक्का, तलववृद्धि रोक्का, पदोन्नति घटुवा ÷ रोक्का ,र ९ जनालाई नोकरीबाटै हटाइएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷०७६ को प्रहरीले गरेका काम कारवाहीको विवरण प्रस्तुत गर्दै प्रहरी उपरीक्षक मैनालीले नियम विपरित कार्य गर्ने प्रहरी पनि कारवाहीमा परेको बताउनुभयो । उहाँले राम्रो काम गर्ने १०१ जना प्रहरीलाई पुरस्कृत गरिएको बताउनुभयो ।

प्रहरी संगठन सुदृढिकरण गर्दै शान्ति सुरक्षा अब्बल राख्न प्रहरी सक्रिय भएको भन्दै प्रहरी उपरीक्षक मैनालीले भन्नुभयो – अपराध गरे प्रहरी पछि लाग्छ, एक न एक दिन कानूनको फन्दामा परिन्छ ।

उहाँले जिल्लाको शान्ति सुरक्षा कायम राख्न पत्रकार, राजनीतिक दल, व्यवसायी, मानवअधिकारकर्मी र सम्पूर्ण नगरिकको साथ र सहयोगको खाँचो रहेको औल्याउनुभयो । उहाँले झापाको शान्ति सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिरहेको उल्लेख गर्नुभयो ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर