Aamsanchar

राशीफल, आज २०७६ असार २५ गते बुधवार

Author Image
बुधवार, असार २५, २०७६

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

श्रमको उचित मुल्याङन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आउनसक्छ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर