

सुनसरी । धरानको चारकोशे जंगलस्थित एडिबि खानेपनी पानीटंकी अगाडी कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा ३ जनाको घट्ना स्थलमै मृत्यु भएको छ । धरानबाटै इटहरी तर्फ आउँदै गरेको कार शुक्रबार राती साडे ११ बजे दुर्घटनाग्रस्त बनेको हो । बा २० च ४०७६ कारले इटहरी आउँदै गरेको मे १ च ६६९२ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा कारमा सवार ३ जनाको घट्ना स्थलमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

कारमा सवार ४ मध्ये इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का मदन लिम्बु , इटहरी ५ का अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका ४ धनकुटाका जनक बुढाथोकीको मृत्यु भएको हो । कार चालक शुन्दर हरैचाका गोविन्द बस्नेत गम्भिर घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्टर चालक भने सामान्य घाईते भएको ट्राफिक प्रहरी असई ज्ञान देउजाले जानकारी दिएका छन । कार तिब्र गतिमा भएको कारण दुर्घट्ना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घाइते चालकको धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

