Aamsanchar

काठमाडौंमा बाँदरको बितन्डा, भान्सामा पसेर हैरान

Author Image
बिहिवार, असार २६, २०७६

काठमाडौं,

बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ।

पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन्।  बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन्। बाँदरलाई कहिल्यै यसो गर्नु नपरोस् भनेर पृथ्वीनारायण शाहका कपरदार भोटू पाँडेले बाँदरका लागि मकै उब्जाउ गर्न राखेको काठमाडौँकै ३१ रोपनी रानीखेत अभिलेखमा मात्र सीमित भएपछि बाँदरलाई पनि भान्सामा पसेर मानिसको भातको थालै खोस्नुपर्ने अवस्था आएको छ भन्ने खबर गाेरखापत्र दैनिकमा छ।

यो दृष्टान्त बाल विकास व्यवसायी केन्द्र सिफलमा आश्रित अनाथ र भूकम्पपीडित बालबालिकाले टड्कारो रूपमा भोगिरहेका छन्  भन्नेखबर गोरखापत्र दैनिकमा छ। यहाँ बालबालिकाले खान तयार भएको पस्किएकै थालको भात बाँदरले खोसेर हैरान गरिरहेको छ। लुगा सुकाउन पनि नपाइने अवस्था छ। जुत्तामोजा च्यातेर खोसेर हैरान गर्छ।

‘आनन्दपूर्वक खेल्नबस्न नै पाइँदैन, यसो खेल्यो बाँदर झम्टन आइपुग्छ,’ आश्रमका बालबालिका हैरान हुँदै भन्छन्। रातमा जस्तामाथि बाँदर उफ्रेर बालबालिकाको निद्रा पनि पुग्दैन। व्यवसायी केन्द्रमा आवासीयतर्फ ५२ जना बालबालिका बस्दैआएका छन्।  केन्द्रका भान्से वेदप्रसाद गौतमका अनुसार भातको औसानीसम्म पनि हाल्न दिँदैन। बाँदरले कहिले त भातको खड्कुलो नै जुठो गरिदिन्छ।

कहिले थालै घिसारेर लैजान्छ। लुगाफाटा सुकाउन र ढोका बाहिर जुत्तामोजा राख्न पनि हुँदैन दौडाइहाल्छ। भान्से गौतम भन्छन्, ‘‘भूकम्पपीडित बालबालिका पनि यहाँ छन्। भूकम्पको पीडा बिर्साउँ भन्यो बाँदरको अर्को पीडा थपिएको छ। बाल संरक्षण केन्द्रा बसेका मध्ये २२ बालबालिका भूकम्पपीडित अनाथ र असहाय छन्।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर