Aamsanchar

बिर्तामोड शनिबार बन्द गराउन ११ संघ संस्था एक जुट, उद्योग बाणिज्य संघ सोमबारकै पक्षमा रहयो

Author Image
बिहिवार, असार २६, २०७६

बिर्तामोड, असार २६ । बिगतको बर्षबाट बिर्तामोड सोमवार की शनिबार बन्दको बिषयमा व्यापारी बिच हुदै आएको तर्क वितर्कले किनारा पाएको छ । सोमबार बजार बन्द हुँदै आएको झापाको बिर्तामोडलाई साउन ४ गतेदेखि शनिवार बन्द गरिने भएको छ । बिर्तामोडका विभिन्न ११ वटा संघसंगठनको संयुक्त छलफल पछि बिर्तामोडलाई शनिवार बन्द गरिने भन्दै विहिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

मेची डिस्ट्रीव्युटर्स एसोसिएशन, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल मार्वल व्यापार संघ झापा, हार्डवेयर व्यवसायी संघ झापा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा, मेशिनरी एसोसिएशन बिर्तामोड, मोवाइल एसोसिएशन झापा, नेपाल अटोमेकानिक्स ट्रेड युनियन, कम्प्युटर एसोसिएशन अफ नेपाल झापा, नेपाल व्यापार कर्मचारी संघ (युनिकम), र हेभि इक्विपमेन्ट व्यवसायी संघले संयुक्त रुपमा प्रेस विज्ञप्ती प्रकाशन गर्दै शनिवार बिर्तामोड बजार बन्द गर्ने भएका हुन् ।

बन्दको औचित्य माथि प्रकाश पार्दै मेची डिस्ट्रीव्युटर्स एसोसिएशनका अध्यक्ष राजेन्द्र थापाले शनिवार बन्दको पक्षमा ७५ प्रतिशत उद्योमी, व्यवसायी सम्बन्धित सरोकारवाला रहेको दावी गरे । उनले ४ बर्ष अघिदेखि शनिवार बजार बन्द गर्ने भनिए पनि कार्यन्वयन नभएकाले साउन ४ गतेदेखि बन्द गरिने बताए ।

कलकारखाना, उद्योगधन्दा तथा वित्तिय संस्थाहरु शनिवार राष्ट्रिय विदाका दिन बन्द गर्न लागिएको बताइएको छ । शनिवार व्यवसायी संघ/संस्था खुल्ला रहेका पनि न्युन कारोवार हुने भएकाले बन्द उपयुक्त हुने हार्डवेयर व्यवसायी संघ झापाका अध्यक्ष मात्रिका कोइरालाले बताए । बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभामा समेत शनिवार बन्दको कुरा पुर्याएको उनले बताए । उनले सोमवार हुने बन्दले हप्तामा ४ दिन व्यवसाय प्रभावित हुने बताए । बिर्तामोड उद्योग बाणिज्य संघले शनिबारको दिन बन्द गर्ने प्रस्थापको निर्णय लिन नसकेपछी अरु स्थानिय व्यापरीका संघ संस्थाले शनिबार बिर्तामोड बन्द गर्ने निर्णय गरेको बताईएको छ । 

ब्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ बिर्तामोडलाई शनिवार बजार बन्दको आग्रह गर्दै पटक–पटक लिखित तथा मौखिक आग्रह गरेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । वाणिज्य संघले शनिवार बन्दको बिषयमा कुनै निर्णय नगरेकाले बस्तुगत संगठन र त्यसमा आवद्ध व्यवसायीहरुले बन्दलाई एकरुपता गर्ने उदेश्यले साउन ४ गते देखि शनिवार बन्दको आव्हान गरेको बताइएको छ । कार्यक्रममा नेपाल व्यापार कर्मचारी संघ (युनिकम) का अध्यक्ष गजेन्द्र पौडेल, व्यवसायी डम्वर थापा, सुरेशकुमार अग्रवाललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर