Aamsanchar

पहेलो बस्त्र, हरियो चुरा र गाढा मेहन्दी

Author Image
बुधवार, साउन १, २०७६

साउन महिनाले ढपक्कै ढाकेको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् ।

वर्षा, प्रेम र झरीको सँगम साउन महिना, महिलाहरुका लागि विशेष महिना । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत बस्ने गर्दछन् । हरेक वर्ष आउने साउन महिना महिलाहरुका लागि विशेष हुने गर्दछ । धार्मिक, तथा साँस्कृतिक मान्यता अनुसार साउन महिनालाई महत्वपूर्ण मानिन्छ । हरिया चुरा, पहेलो वस्त्र, हातमा गाढा मेहन्दी त्यसमाथि हरिया पहिरनलाई महिलाहरुको विशेष चाडको रुपमा लिन सकिन्छ । असारमा खेत रोपाईमा व्यस्त हुने महिलहरुले यस समयमा आपसमा खुसीयाली साटफेर गर्ने मौका पाउँदछन् ।
पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देबता महादेब शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । हिमालयन पार्वतीले साउन महिनाभर निराहर रहि कठोर व्रत बसेर भगवान शीवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गयो भन्ने पनि बुढापाकाहरुको मुखबाट सुन्ने गरिन्छ । हुन त शिवको पूजाआजा बालाचर्तुदशी – मंसिर, माघे संक्रान्ति – माघ, शिवरात्री – फागुन अक्षय तृतीया – बैशाखजस्ता अरु महिनामा पनि विशेष रुपमा हुन्छ । यद्यपि महिनाभरीनै शिवको पूजा हुने महिना भने साउन मात्र हो ।

वर्षयाम चलिरहेको हुँदा शास्त्रमा बताइए अनुसार धान रोप्नु, साउने संक्रान्तिमा लुतो फाल्नु, साउने सोमबमरका दिन ब्रत बस्नु आदि काम भने पिता पुर्खादेखिको विश्वासमा साउन महिनामानै गरिन्छ । विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा – आरधना गरि ब्रत बस्ने गर्छन् । साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजिको पूजा–आरधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । साउन महिनामा बढी वर्षा हुने, झरी पर्ने र किटाणुको संक्रमण हुने हुँदा तुलो फाल्ने चलन पनि छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु, लसुन एवं उत्तेजित हुने खाना खानु हुदैन ।

यहि मान्यता अनुसार नेपाली महिलाहरुले पनि साउन महिनालाई विशेष चाडका रुपमा मनाउन थालेको हो । साउन महिनामा विशेष गरी शिवको पूरा गर्दछ । अझ बढी साउन महिनाको सोमबार महिलाहरुका लागि विशेष हुने गर्दछ । सोमबार शीवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछ । वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागि अर्को महित्वको महिना हो । झरीमा रुझदै हिड्दा छुट्टै आनन्दको अनुभूति पैदा हुन्छ । प्रेमीपे्रमीको जोडीहरुमा नयाँ उमङग छाउँछ । यसबेल्ऽा हाँसेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगन्तिी भावहरु रहेका छन् ।

विवाहितहरु आफ्नो सुहाग यथावत् रहोस् भन्ने चाहना अनुसार र सन्तान भएकाहरु उनीहरुको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछ भने अविवाहितहरु असल श्रीमान पाउन् भनेर व्रत बस्ने गर्छन् । साउनको प्रचण्ड गर्मीमा भोकभोकै बसि आफ्नो कुनै प्रवाहनै नगरी व्रत बस्ने, शिवालयहरुमा पूजा गर्ने कामले आत्मिय शान्ति प्राप्त हुने कुरा र भौतिक रुपले हेर्दा पनि उचित नै देखिन्छ, अझ आध्यात्मिक दृष्टिकोणले विशेष महत्व हुनलक्ला ।

वास्तवमा हरियो रंग प्रेम र वातावरणको प्रतिक मानिन्छ । त्यस्तै हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा पुजिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । प्राकृतिक रुपमा साउन महिनालाई हरियालीको उपनाम दिइन्छ । धान रोप्नु, लुतो फाल्नु, शीवको ब्रत बस्नु साउन महिनाको विशेषताको रुपमा लिइन्छ ।

हरियो प्रेम र वातावरणको प्रतिक हो । त्यस्तै रातो सौभाग्यको प्रतीक हो भने पहेलो पवित्रताको प्रतीक मानिन्छ । त्यसैले साउन महिनमा रातो, हरियो र पहेल्ऽो सम्मीश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति गाढा मेहन्दीको रंग बस्यो त्यति नै श्रीमानको माया पाइन्छ भन्ने जनविश्वास नेपाली समाजमा रहेको छ । यसैलाई सावित गदै साउनलाई महिलाहरुको विशेष बनाउन थालेका हुन् ।

सोमबारे ब्रतले महिलाहरुमा आपसी सद्भावको पाठ सिक्ने मौका पाएको छ । भने महिलाहरुबीचको दुरीलाई लामो बनाइदिएको छ । सोमबारको ब्रत भावनाका अतिरिक्त रचनात्मक पनि बनेको छ । त्यस्तै आधुनिकताको पर्याय पनि बनेको छ । हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्परा प्रतिको एक हिस्सा हो । श्रीमानप्रतिको प्रगाढ माया र पारिवारीक सुख दिने हुनाल्ऽे अन्य धर्मका जातजातीका महिलाहरु पनि यस चाडलाई सकारात्मक ढङगबाट मनाउन थालेका छन् ।

हरियो वस्त्र, हरियो चुरा, हरियो पोते हत्केलाभरी मेहन्दीले सजिएका किशोर किशोरी, युवती र प्रौढ हरुलाई देख्दा हिन्दु संकार, संस्कृति र विश्वास अझ गाढा बन्दै गएको हामी अनुमान गर्न सक्दछौँ । हरिया चुरा किन लगाउने र लगाउदा के हुन्छ भन्ने थाहा नभएपनि साउन महिना भरि हरिया चुरा र मेहेँन्दी लगाउनेहरु धेरै मात्रामा भेटिने गर्दछ । विवाह गरिसकेकाहरुले आफ्नो श्रीमान्को आयू लामो हुन्छ भनेर र विवाह नगरेकाहरुले असल श्रीमान प्राप्त गर्ने धार्मिक आस्था रहि आएको छ । यस्तै धार्मिक परम्परा र आस्थाका कारण यस महिना भरि नै महिलाहरुले ब्रत पनि बस्ने गर्दछ ।

यो साउन महिनामा हरिया चुरा लगाउनु हातभरि मेहेन्दी लगाउनु र पहेलो वस्त्र लगाएर हिडेनुलाई हामी आफ्नो संस्कृतिप्रतिको सकारात्मक प्रभाव भन्ने ठान्छौ । तर पनि यति साउन महिना भरि मात्र नभई दिनहुँ रुपमा यस्ता पहिरनहरुले सजिदिदा आफ्नो संस्कृति लोप हुने स्थितिमा बच्ने थियो । साउनमा ब्रत बस्ने कुरा त एक हिसाबले राम्रो कुरा पनि हो । विज्ञानले पनि पुष्टि गरेको छ कि एक स्वस्थ्य मानिस हप्तामा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाईदा नै गर्दछ । तर असक्त तथा बिरामी पनि सोमबार भन्दै सकि नसकि ब्रत बसेको देख्दा कता कता काउकुती लागेर आउँछ अनि सहानुभुती पनि हुन्छ उनीहरूप्रति । आँफू अस्वस्थ्य छ भने आखिर ब्रत के का लागि रु यस्ता कल्पित र देखासिकि परम्परालाई हटाएर सभ्य समाजको परिपाटी बनाउनु आवश्यक छ । आफ्नो संस्कृति तथा प्रचलन हो भन्दै अन्धो भक्त भएर अनुशरण गर्नु के उचित हुन्छ र ?  Pabil News

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)