Aamsanchar

समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको स्थानमा कफी खेती शुरु

Author Image
बिहिवार, साउन २, २०७६

तनहुँ,

तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ ।समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको उक्त स्थानमा कफीको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप कफी खेती थालिएको हो ।

घण्टाचुली पर्यटन क्षेत्र विकास समितिको सक्रियतामा देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने ऋषिङथानमा ५०० वटा कफीको बिरुवा लगाइएको छ । जिल्ला कफी सहकारी संस्थाले उत्पादन गरेको कफीको बिरुवा गाउँपालिकाले शुल्क व्यहोर्ने गरी कफीका बिरुवा लगेर रोपिएको घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्का पामी आलेले जानकारी दिनुभयो ।

कफीको हालको बजार मूल्य प्रतिविरुवा रु ४० देखि ५० सम्म बिक्री हुने गरेकोले झण्डै रु २५÷३० हजार बराबरको कफीको बिरुवा गाउँपालिकाले सहयोग गरेको छ । उक्त क्षेत्रलाई कफी खेतीको पकेट क्षेत्र बनाउने उद्देश्यले गाउँपालिकाले सहयोग गर्दै आएको देवघाट गाउँपालिका–२ का वडाध्यक्ष पोलबहादुर आलेले बताउनुभयो ।कफी रोप्न र जङ्गलका झाडी पन्छाउनका लागि स्थानीय ५३ जनाले श्रमदान गरेका थिए ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर