Aamsanchar

गुम्बाबाट चौथोपटक दानपेटिका चोरी

Author Image
बिहिवार, भदौ ९, २०७३

ताप्लेजुङ।

danpetika

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ ।  ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । रातको मौका छोपेर चोरी भएको बताइएको छ । लामो समयदेखि नखोली राखिएको दानपेटिकामा धेरै रकम जम्मा भएको अनुमान गरिए पनि के कति रकम थियो भन्ने यकिन नभएको बताइएको छ ।

यसअघि पनि विभिन्न समयमा गुम्बाबाट दानपेटिका चोरी भएको थियो । पछिल्लो समयमा यसरी धार्मिक क्षेत्रमा नै प्रवेश गरेर पटकपटक चोरी हुने गरेपनि खोजीकार्य गर्दा चोरी गर्नेको पहिचान भने हुन सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर