Aamsanchar

आजको राशीफल ( २०७६ साउन ५ गते आईतबार चतुर्थी )

Author Image
आइतवार, साउन ५, २०७६

मेष 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सोचेका काम पूरा हुनेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते० दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

रमणीय र सुखद यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोग मिल्नेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर