Aamsanchar

जान्नुहोस ! बार अनुसार कस्को पुजा गर्दा कस्तो फल प्राप्त हुन्छ ।

Author Image
बिहिवार, साउन ९, २०७६

 

हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पुजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ त्यो भगवानको लागि व्रत बसेर पुजा गर्ने गर्छन् ।  

१, आइतबार :

आइतबारको दिन बिशेष गरेर सूर्य देवलाई मान्ने चलन रहेको छ । आइतबार सूर्य देवको पुजा गर्नेले व्रतालुहरुले एक छाक मात्र खाना खान्छन् । नुनतेल खादैनन् । व्रत बस्नेले रातो वस्त्र लगाउनुहुँदैन् ।तर पुजा गर्दा चाही रातो फुल चढाउनुपर्छ ।

२,सोमबार :

विशेष गरेर सोमबारको दिन शिवजीको पुजा गर्ने परम्परा रहेको छ । यो दिन शिवजीको पुजा गरेमा शिवजी चाँडै प्रसन्न हुने विश्वास छ । शिवको मन्दिरमा गएर ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। त्यो भन्दा शिवलाई खुसी बनाउन शिवपुराण पढ्दा राम्रो हुने र मागेको पाइने विश्वास छ । सोमबारको व्रत विवाहित महिला ले पति र परिवारको सुख शान्तिको लागि बस्ने गर्छन् भने अविवाहित महिलाले राम्रो पति पाउनको लागि व्रत बस्ने गर्छन् । यो दिन एक छाक मात्रै खाना खाने र नुन तेल नखाने परम्परा रहेको छ ।

३,मङ्गलबार :

मंगलबारको दिन भगवान गणेशको पुजा गर्ने गरिन्छ । साथै मंगलबार काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यो दिन व्रत बस्दा बिहानको खाना खानुहुँदैन् भने बेलुकाको खानामा नुन खानु हुँदैन् ।

४,बुधबार :

बुधबारको दिन विथल देव कृष्णको पुजा गर्ने गरिन्छ । कृष्णको पुजा गर्दा तुलसीको पातले पुजा गर्नुपर्छ । नयाँ कामको सुरु गर्दा पनि बुधबार गर्नु शुभ मानिन्छ । कृष्णको व्रत बस्दा चाहेको कुराहरु पुग्ने विश्वास रहेको छ ।

५,विहिबार :

बिहीबार विष्णु भगवानको पुजा गर्ने गरिन्छ । विष्णुको पुजा गर्दा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्ने व्रतालुले यो दिन दूग्धपदार्थ खाने र श्रीमद्भागवत पुराण पनि पाठ गर्दा राम्रो हुन्छ ।

६,शुक्रबार :

शुक्रबारको दिनलाई महालक्ष्मी देवीको पुजा गर्ने चलन रहेको छ । यो दिन लक्ष्मी मातासँगै सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पुजा गर्नुपर्छ । शुक्रबारको दिन व्रतालुहरुले मिष्ठान्न भोजन व्यञ्जन गरिनुको साथै व्रतालुहरुले मिठाइको परिकार खाने गर्छन् ।

७,शनिबार :

शनिबारको दिन कसैलाई पनि शनिदेवको देष्टि नपरोस भनेर शनिदेवको पुजा गर्ने चलन रहेको छ । यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउनुपर्छ । रात्री भोजमा नुन खानुहुँदैन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर