Aamsanchar

साढे २ किलाे चाँदीसहित एक जना पक्राउ

Author Image
मङ्गलवार, साउन १४, २०७६

बाँके,

प्रहरीले नेपालगञ्जबाट साढे २ किलो चाँदीसहित एकजनालाई सोमबार नेपालगञ्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर चाँदी ल्याउँदै गरेको सूचनाको आधारमा नेपालगञ्जको सदरलाइनमा शंकास्पद व्यक्तिलाई चेक गर्ने क्रममा बर्दिया गुलरिया ६ का ३१ वर्षीय सुवास गुप्तालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले  गुप्तालाई चेक गर्दा उनले बोकेको झोलामा रहेको चाँदीको जस्तो देखिने धातुका गरगहना ५ किलो ४९५ ग्राम फेला पारेको जानकारी दिनुभयो ।

बरामद धातु परीक्षणका लागि सुनचाँदी व्यवसायी सङ्घ नेपालगञ्जमा पठाइएको थियाे । चेक गर्दा एक लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको  २ किलो ७१७ ग्राम ५०० मिलिग्राम शुद्ध चाँदी रहेको पुष्टि भएको हो । गुप्तालाई चाँदीसहित भन्सार कार्यालयमा बुझाइएको छ ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर