झापा लगायत हल्दिवारीमा समेत डेंगो को प्रकोप देखा परेपछि गाउँ पालिकाले निशुल्क चेक जाँच शुरु गरेको गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनले जानकारी गराउनु भएको छ ।
अध्यक्ष लिङ्गदेनका अनुसार भोलि देखि नै जलथल स्वास्थ चौकिमा निशुल्क चेक जाँच तथा उपचारको शुरु गरिएको छ । हल्दिवारी गाउँ पालिका क्षेत्रमा ७० प्रतिशत जंगल र चिया बगान रहेको छ । डेंगोको प्रकोप बढी हुन सक्ने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको उपाध्यक्ष डम्बर बहादुर गिरिले बताए ।
गाउँ पालिकाले डेङुको उपचार निशुल्क गर्ने तथा उपचार खर्च समेत गाउँ पालिकाले व्यहोर्ने प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिएका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 231