Aamsanchar

आजको राशीफल ( २०७६ साउन १७ गते शुक्रबार )

Author Image
शुक्रवार, साउन १७, २०७६

 

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । जिद्दीपनाले गर्दा काम बिग्रने डरपनि छ ।

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । विभिन्न कुराको किनमेल हुनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जोश,जाँगर र उमङ्ग बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

आत्मबलमा कमी आउनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

तुला

( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) 

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

कार्य सिद्धिको योगछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव आउनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन

( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) 

प्रेमीको सहयोग पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर