Aamsanchar

आज कल्की जयन्ती, भगवान विष्णुको अन्तिम अवतार

Author Image
सोमवार, साउन २०, २०७६


भगवान विष्णुको दशौ तथा अन्तिम अवतार कल्की अवतार भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ। आजको दिन (श्रावण शुक्ल पञ्चमी) अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुनलागेको याद दिलाउछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरुको विनास गरेर पुन एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।

भगवान विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रुपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापिहरुको विनास गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 604

प्रतिक्रिया (०)

सम्बन्धित खबर