झापा ।

पूर्वी कमाण्डमा प्रभावशाली मानिएका विप्लव समुहका पाँचजना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका इन्चार्ज सागर लिम्बु, सचिव नरपति पौड्याल, पाँचथरका इन्चार्ज राजु दासलगायत रहेको बतार्ईएको छ । प्रहरीले कसैको पनि विवरण खुलाएको छैन । शनिबार साँझ दमकको बस स्टेण्ड नजिकै रहेको एक होटलमा बास बसेको सुईंको पाएपछि प्रहरीले छापा मारेर पक्राउ गरिएको हो ।

झापामा भएका बम विस्फोट र चन्दा आङ्तकपछि प्रहरीले सो समूहका नेता कार्यकर्तालाई निगरानी बढाउँदै पक्राउ गर्दै आएको छ । एकसाता अघि दमकबाट दुईजनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु बम विस्फोट र चन्दा आङ्तकमा सामेल भए नभएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरेर आवश्यक कार्वाही प्रक्रिया अघि बढाउने जनाएको छ ।
पक्राउ परेका कार्यकर्ताको साथबाट प्रहरीले चन्दा मागिएका र माग्न लागिएका व्यापारीहरुको नामवली समेत फेला पारेको थियो । पछिल्लो समयमा विप्लव समूहको गतिविधि बढेसँगै प्रदेश र जिल्लाको प्रहरीको विशेष टोलीले निगरानी बढाउँदै आएको समेत सुरक्षा श्रोतको भनाइ छ ।

