Aamsanchar

कालोपत्रे बन्न सुरु भयो चारपाने–अर्जुनधारा सडक

Author Image
बुधवार, भदौ ४, २०७६

लामो ढिला सुस्तीका कारण निर्माण हुन नसकेको चारपाने अर्जुनधारा सडक आजबाट कालोपत्रेको काम सुरु भएको छ । दात्री संस्था र्यापथ्रीको सहयोगमा सुरु भएको सडक निर्माण कार्य निर्धारित समय पुरा भई सक्दा पनि सडक निर्माण नगरिएकोले यस क्षेत्रमा स्थानियले छिटो सडक निर्माण गर्न पटक पटक दवाव दिदै आएका थिए ।

पहिलो चरणको मोवालाईजसन काम सम्पन्न गररे पछि बाकी कामको रकम प्राप्त नभएर निर्माणकार्य स्थगित गरेको ठेकेदार सन्दिप साहले पहिले बताएका थिए । उनले असार १५ भित्रमा काम सम्पन्न गर्ने बताए पनि भदौको पहिलो हप्तामा काम सुरु भएको छ । ६ किलोमिटर लम्बाई, ६.५ मिटर चौडाई रहने उक्त सडक ५ करोड ५० लाखमा ठेक्का लागेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर