Aamsanchar

काठमाडौंमा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार

Author Image
बुधवार, भदौ ४, २०७६

प्रतिकातमक तस्वीर

काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको छ ।

बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएको हो ।

वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्ड विपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले जानकारी दिए । उनले ती बालबालिकाको उद्दार गरिने जानकारी दिए । ‘स्थानीय प्रहरी र वडाध्यक्षलाई बोलाएका छौं, अब उनीहरुको उद्दार गर्छौं’ उनले भने ।
बालबालिकालाई पढाउने भनेर ल्याएको तर पढ्न नपाएको बालबालिकाहरुले बताएका छन् । संस्थाको रेकर्डमा १५ जना बालबालिका रहेको देखिए पनि संस्थामा ९ जनामात्र भेटिएका छन् । अन्य ६ बालबालिकाबारे खोजी भइरहेको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।

बालबालिका राख्ने संस्थाको निश्चित मापदण्ड भए पनि पालना नभएको पाइएको प्रहरी निरीक्षक केसीले बताए । द्वन्द्वपीडित अभिभावकका बालबालिकालाई पढाइदिने भनेर ल्याएको पाइएको छ ।

Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर