काठमाडौँ,

सरकारी जागिर खान चाहनेहरुका लागी खुसीको खबर आएको छ ।नेपाली सेनाले अघिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका १८ वर्ष पुगेका र २१ ननाघेका नेपालीहरूले असोज २ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ भने डबल दस्तुरमा असोज ३ देखी ९ गते सम्म दरखास्त दिन सकिने छ ।

भर्ना छनौट निर्देशनालय, इटहरी ब्यारेक सुनसरी, धारापनी ब्यारेक धनुष, सुपारेटा ब्यारेक हेटौडा, विजयपुर ब्यारेक पोखरा, योगीकुटी ब्यारेक रपन्देही, निमारे ब्यारेक सुर्खेत, राजपुर ब्यारेक दिपायलबाट आवेदन फारम पाइन्छ र त्यही बुझाउन सकिने छ ।

अधिकृत क्याडेट पदको लागि खुल्ला तर्फ १३१ र ७ गरी १३८ त्यस्तै समावेशी तर्फ महिला २२, आदिवासी जनजाति ३६, मधेसी ३१, दलित १७, पिछडिएको क्षेत्र ६ गरी जम्मा २५० जनाको कोटा खुलाएको छ ।
Views: 249

