यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना बढाउँछ ।
धूम्रपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ ।
सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।
मुटुको रक्तनली साँघुरो बनाउँछ ।
चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ ।
चुरोट सेवन गर्नेमा हृदयाघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।
यी सबै कारणले रक्तसञ्चारमा बाधा पु¥याई हृदयाघात गराउँछ ।
ेसुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ ।
महिलाले सुर्ती सेवन गरे बाँझोपना बढ्ने, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने तथा बच्चाको अचानक मृत्यु हुने सम्भावना हुन्छ ।
हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि भाँचिन सक्छ ।
फोक्सोमा क्यान्सरः चुरोट सेवनले फोक्सोमा भयावह स्थिति पैदा गर्छ । चुरोट सेवन गर्ने
मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसभन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मिर्गौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।
चुरोट छाड्दा हुने फाइदा
चुरोट सेवन बन्द गर्नेबित्तिकै हृदयाघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।
केही अध्ययनले चुरोट छाडेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएका छन् ।
केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।
बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ ।
रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।
स्वाद र सुँघ्ने क्षमतामा सुधार आई खाना बढी रुचाउँछ ।
शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।
चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पु¥याउने हुँदा चुरोट बन्द गर्दा अरूको
स्वास्थ्यमा पनि फाइदा पुग्छ ।
कसरी छाड्ने ?
आत्मविश्वास बढाउनुहोस् दृढ संकल्पविना चुरोट छाड्न सकिँदैन, धूम्रपान गर्दा शतप्रतिशत बेफाइदा हुन्छ भन्ने सोच्नुपर्छ निकोटिन प्याक पाइन्छ बजारमा यसले चुरोट खाने बानी हटाउनसक्छ, यो खाएपछि बिस्तारै लत हटाउन मद्दत गर्छ । बजारमा कृत्रिम चुरोट पनि पाइन्छ, यसमा निकोटिनको मात्रा न्यून मात्रामा हुन्छ । यसले लत लागेको मानिसलाई छाड्न सघाउँछ ।