Aamsanchar

धान खेतमा पानी हाल्नका लागि मोटर चलाउदा करेन्ट लाग्यो

Author Image
शुक्रवार, भदौ ६, २०७६

लहान,

करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ ।धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर